coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भेरी नदीमा बस खस्याे, ४ जनाकाे मृत्यु

जाजरकाेट - नेपालगञ्जबाट रुकुमको राडीबजार तर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रीम्नास्थित भेरी नदीमा भे१ ख १३२९ नम्बरको बस खस्न पुग्दा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। मृतकहरुकाे सनाखत हुन सकेकाे छैन। घाइतेहरुको उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा पठाइएको छ। यस्तै दुर्घटनामा परी केही यात्रु हराइरहेका र उनीहरुको खोजी कार्य समेत जारी रहेको असई खेमराज तिनकडीले जानकारी दिए। बसमा करिब डेढ दर्जन यात्रु रहेको अनुमान गरिएको छ।  

प्रकाशित: २ फाल्गुन २०७५ १४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App