५ वैशाख २०८१ बुधबार
अर्थ

आर्थिक वृद्धिदर ८ प्रतिशतकै हाराहारी

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले लक्षित आर्थिक वृद्धिदर कायम हुने बताएका छन्। सरकारको १ वर्ष पूरा गरेको अवसरमा देशबासीको नाममा गरेको सम्बोधन गर्दै लक्षित आर्थिक वृद्धिदर प्राप्त हुने बताएका हुन्। सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतकै आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा ५.८९ प्रतिशत आर्थिक वृद्धि प्राप्त भएको सरकारले बताएको छ।

यस वर्ष धानको उत्पादन ८.९ प्रतिशत, ३.५ प्रतिशत मकै र १६.५ प्रतिशत तरकारी उत्पादन बढेको बताउँदै प्रम ओलीले अन्य औद्योगिक परिसूचक पनि सकारात्मक भएकोले बताए। यस वर्ष ५८ लाख मेट्रिक टनसम्म धान उत्पादन हुने कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांक छ। गत आवमा साढे ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो। देश आर्थिक विकासमार्फत समृद्ध प्राप्त गर्न सक्ने जानकारीसमेत उनले दिए।

प्रकाशित: २ फाल्गुन २०७५ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App