८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारका एक वर्ष : देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले बिहीबार देशबासीको नाममा सम्बोधन गरेका छन्। सरकार गठनको एक वर्ष पुगेको अवसरमा उनले अहिलेको सरकारले देखिनेगरी काम गरेको बताएका छन्। आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य प्रगति भएको भन्दै उनले भने, ‘सबै ठाउँ लगानी भएका छन्, बढीभन्दा बढी आयोजनाले गति लिएको छ।’

यो एक वर्षलाई समृद्धिको आधार मानिएको उनले बताए, संघीयतालाई नयाँ अभ्यास मान्दै यसलाई व्यस्थित गर्न विभिन्न कार्ययोजना लागू गरिएको उनले बताए।

साथै नेपालले यो एक वर्षमा कुटनीतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन्। उनले भने, ‘विश्वमा देखिनेगरी नेपालले आफ्नो भनाइ राख्न पाएको छ। सबै ठाउँमा नेपालले लगानीको कुरा उठाएको छ। भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको छ। सयभन्दा बढी आयोजनाले गति लिएको छ।’

थप सहयोगको क्षेत्र पहिचान भएको बताउँदै उनले थपे, ‘चीनसँग पनि आर्थिक विकासमा समझदारी भएको छ। समुद्रसँग पुग्ने ढोका अब खुल्छ। दिगो विकासमा नेपालको धारणा स्पष्ट छ। नेपालको शान्ति प्रक्रियाबारे विश्वलाई जानकारी गराएँ । नेपालको भ्रमणबाट विश्वलाई आफ्नोबारे भन्ने मौका पाएको छ।’

सम्पूर्ण अर्थतन्त्र सकारात्कमक दिशामा गएको बताउँदै उनले चालु आर्थिक अवस्था लक्ष्य हाराहारीमा पुगेको बताए।

कम्पनी दर्ता संख्या बढेको बताउँदै उनले बैंक तथा वित्तीय संस्थामा लगानी बढेको प्रस्ट पारे। भने, ‘श्रम सम्बन्धमा सुधार आएको छ। निजी क्षेत्रमा भएको कर्जा प्रवाह बढेको छ। पर्यटन आगमन उल्लेख्य बढेको छ। पर्यटन क्षेत्रमा सेवा क्षेत्र विस्तार भएका छन्।’

साथै उनले यस वर्ष कृषि क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको बताए । यो वर्ष किसानले सहजै र समयमै मल पाएकाले धान उत्पादन बढेको प्रस्ट पारे।

भाषणबाट मात्र नभएर काम गरेर देखाउने बेला आएको भन्दै उनले निजी क्षेत्रका कामदारको श्रमिकको पक्षमा पनि काम भएको दाबी गरे । स्वास्थ्य क्षेत्रमा पनि सोचेअनुरुप प्रगति भएको उनले बताए। ३६ जिल्ला लागू स्वास्थ्य बिमा गरिएको बताउँदै उनले दक्षिण एसियामै पहिलोपटक रुबेला रोग नियन्त्रणको प्रमाणपत्र नेपालले पाएको उनले जानकारी गराए। भारतबाट आउने पेट्रोलियम पदार्थ चुहावट रोक्न ठाउँठाउँमा सिल लगाउने व्यवस्था गरिएको उनले बताए। राष्ट्रिय गौरव आयोजनाको भेरी बबई डाइभर्सन निर्माण कार्य सोचेभन्दा तीव्र गति बढिरहेको छ। आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ।

यस वर्ष ४९७ नयाँ सडक बने, ५८९ ग्रामीण सडक बने, ७५०० किलोमिटर सडक पुनर्निर्माण भए, ८७ वटा पक्की मोटरेबल पुल निर्माण भए। ४१७ वटा झोलुंगे पुल बने। यस हिसाबले हरेक ३ तीनमा ठूला आयोजना निर्माणको काम भएको छ।  निजी क्षेत्रमा लगानी थपिएको छ। विदेशी लगानी अन्य वर्षको तुलनामा ह्वात्तै बढेको छ। जसमा ४१६ नयाँ लगानी थपिएका छन्। आम नेपालीमा नौ महिनामा सरकार परिवर्तन हुनुपर्ने बानी परेकाले प्रतिपक्षले सरकारको उल्लेख्य काम ३ महिनामै खोज्ने गरेको पनि उनले बताए।

प्रकाशित: २ फाल्गुन २०७५ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App