८ वैशाख २०८१ शनिबार
राजनीति

अमेरिकी सहयोग अनुमोदनका लागि संसदमा पठाइयो

काठमाडौं - सरकारले अमेरिकी सहयोग लिने प्रक्रिया अघि बढाएको छ। बिहीबार सार्वजनिक मन्त्रिपरिषद्को पछिल्लो बैठकले यस्तो प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) मार्फत नेपालले पाउने सहयोग अनुमोदनका लागि संसद्मा पेस गर्ने निर्णय गरको छ। ५० करोड अमेरिकी डलरको उक्त सहयोग लिने विषयमा सेप्टेम्बर २०१७ मा सम्झौता भएको थियो।

नेपालका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका प्रमुख कार्यकारी जोनार्थन नासकासीबीच अमेरिकाको राजधानी वाशिंटनमा यस्तो सम्झौता भएको थियो। उक्त सहयोगमा नेपालले १३ करोड अमेरिकी डलर थपेर यातायात र विद्युत् प्रसारण लाइनको क्षेत्रमा लगानी गर्ने सम्झौतामा उल्लेख छ। ३ सय पाँच किलोमिटर उच्च भोल्टेज विद्युत प्रसारण र तीन सय किलोमिटर सडक सुधारमा उक्त सहयोग खर्च हुनेछ।

साथै सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा सुवास सिटौलालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्ष तोक्ने पनि निर्णय गरको छ। त्यसैगरी मन्त्रिपरिषद् निर्णयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका पनि स्वीकृत पनि गरेको छ। 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App