८ वैशाख २०८१ शनिबार
समाज

यात्रुबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगल खण्डमा यात्रुबसको ठक्करबाट बिहीबार मोटरसाइकल चालकको मृत्यु भएको छ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना४ख ६७३० नम्बरको यात्रुबसले ठक्कर दिँदा हेटौंडा उपमहानगरपालिका–९ निवासी ४० वर्षीय वैकुण्ठमणि धितालको घटनास्थलमै मृत्यु भएको हो।

बा३०प २४१९ नम्बरको मोटरसाइकलमा हेटौंडाबाट जनकपुरतर्फ गइरहेका धिताललाई ईश्वरपुर नगरपालिका–१२ स्थित जंगल खण्डमा बिहीबार बिहान साँढे ११ बजे उक्त बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्कर दिने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय केशरगंजले नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडि बढाएको छ। मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २ फाल्गुन २०७५ ०९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App