coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

समृद्धिको अभियानमा शीर्ष नेताकै कारण अवरोध आएको छ : बाबुराम भट्टराई

फाइल फाेटाे

लमजुङ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले समृद्धिको अभियानमा अवरोध आएको बताएका छन्। एकमहिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले भने, ‘इतिहासको कथा सुनाएर समृद्धि आउँदैन, आफूले क्षमता विकास गर्न सक्नुपर्छ, नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्छ।’ आफूले केही गर्न नसक्ने शीर्ष नेताहरुको शैलीले देशको समृद्धि अभियान अवरुद्ध भएको बताए।

नेताहरुलाई कुर्सी ओगटेर देशलाई पछाडि नधकल्न आग्रह गर्दै उनले भने, ‘हिजोको लडाइँ र क्रात्मिा अब्बल देखिएका नेताहरु विकास र समृद्धिको नेतृत्व गर्न कजोर देखिइसकेका छन्।’ नेताहरुमा विकास स समृद्धिको आधारभूत ज्ञानको कमी भएको त हैन भनी शंका व्यक्त गरे। आगामी दशक विकासको यात्रा महत्वपूर्ण रहेको बताउँदै नेताहरुले यसलाई ध्यान नदिँदा मुलुक थप पछाडि धकेलिएको आरोप लगाए।

क्रान्तिका नायकहरु सत्तामा पुगेपछि विचलित भएकामा उनले दुखेसो पोखे। ‘हिजो कुन हैसियतमा भएका मानिस आज कुन हैसियतमा पुगे भन्ने कुरा जनताले निरन्तर खबरदारी गर्नुपर्छ। जनताको हस्तक्षेप र निगरानी बढाउने लोकतन्त्रको विकल्प छैन,’ उनले थपे,  ‘असल राजनीति अर्थात् राजनीतिलाई सफा गर्ने कुरा कुनै अलौकिक होइन, यो लोकतन्त्रलाई बलियो बनाउने कुरा हो।’

संविधान निर्माणका प्रसंग स्मरण गर्दै उनले भने, ‘संविधानमा हामीले स्थानीय तहका २२ वटा अधिकार लेखेकै छौं। यस्तो अभ्यास संसारमा कतै पनि छैन। वर्तमान सरकारले स्थानीय तहको अधिकार खोस्ने काम गरेको पनि उनको आरोप थियो।

उनको भनाइ थियो, ‘जनता जति सर्वशक्तिमान हुन्छन्, लोकतन्त्र त्यति नै बलियो हुन्छ। एक–दुई जना वा मुट्ठीभरका मानिस बलियो हुने व्यवस्थाको नाम जे दिए पनि त्यो निरंकुश नै हुन्छ।’

प्रसंग बदल्दै उनले भने, ‘निर्वाहमुखी कृषिमा आधारित अर्थतन्त्र औद्योगिकीकरण उन्मुख हाम्रोजस्तो देशमा प्राथमिकता केलाइदिने भन्ने बुझ्न सकेनौं भने, विकासमा अलमलिन्छौं।’ आफूले अर्थ र प्रधानमन्त्री भएका बेला बाटो, पानी, बिजुली, शिक्षा, स्वास्थ्य, सञ्चार र खानेपानीजस्ता पूर्वाधार निर्माणको काम राज्यले गर्नुपर्ने भन्दै राष्ट्रिय गौरवको योजना सुरु गरेको स्मरण गराए।

लोकतन्त्र स्थापनापछि नयाँ राजनीतिक संस्कार निर्माण गर्नुपर्नेमा उनले जोड दिए। बहुदलीय प्रतिस्पर्धामा माथि उठेका मानिसलाई तल झार्ने होइन, अझ माथि गएर प्रतिस्पर्धा गर्ने हो,’ उनले थपे, ‘हामीले अरूलाई होचो बनाउनेभन्दा आफू अग्लो बन्ने राजनीतिक संस्कारको विश्वास र अभ्यास गर्नुपर्छ ।’

प्रकाशित: २ फाल्गुन २०७५ ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App