घुस प्रकरणमा मुछिएका अख्तियार आयुक्त पाठकलाई राजीनामा गर्न दबाव

बिहिबार, ०२ फागुन २०७५, १४ : ३५ नागरिक

काठमाडौं- अख्तियार दुरुपायोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई नैतिकताको आधारमा राजीनामा दिन दबाव परेको छ। लाखौं रकम घुस लिएको सार्वजनिक भएपछि उनलाई राजनीतिक तहबाट राजीनामा दिएर अनुसन्धानको बाटो खोल्न दबाव परहेको हो।

भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको विवादमा उनले लाखौं रुपैयाँ रकम लिएको सार्वजनिक भएको थियो। नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले उनले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नु पर्ने बताए।

'नैतिकताका आधारमा अब उहाँ पदमा बस्न सक्नु हुन्न', उनले भने, 'अख्तियार प्रमुखले यो विषयमा छानविन गरेर सत्य तथ्य बाहिर ल्याउनु पर्छ। त्यसो भएन भने संसदले आफ्नो अधिकार प्रयोग गर्छ। त्यो विषयमा हामी छलफलमै छौं'

इन्जिनियरिङ कलेजको स्वामित्वमा विवाद रहँदै आएको छ। पाठक अख्तियारमा शिक्षा सम्वन्धि अनुसन्धान प्रमुख रहेका छन्।

गलत आचरण गरेमा संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारीलाई संसदले महाअभियोग लगाउन सक्ने व्यवस्था संविधानले गरेको छ। संविधानको धारा १०१ बमोजिम महाअभियोग लगाउन सकिने संवैधानिक प्रावधान रहेको छ। धारा १०१ बमोजिम महाअभियोग प्रस्ताव पारित भई पदमुक्त हुने व्यक्तिलाई पदमुक्त भइसकेपछि संघीय कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सकिने छ।

प्रतिनिधिसभामा एक चौथाइ सांसदले महाअभियोग प्रस्ताव संसदमा दर्ता गरे सो व्यक्ति निलम्बनमा पर्छ। महाअभियोग पास हुन संसदको दुई तिहाई बहुमत आवश्यक पर्छ।







यसमा तपाईको मत


अन्य समाचार

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक...

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल सृंखला खतिवडा नियुक्त भएकी छिन | ...

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...