coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दिपेन्द्रसिंह ऐरीको अर्धशतकमा अत्तरीयाद्वारा रुपन्देहीसामु १२२ रनको लक्ष्य

काठमाडौं – धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा सीवाइसी अत्तरीयाले रुपन्देही च्यालेन्जर्सलाई जितका लागि १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

फाप्ला क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सीवाइसी अत्तरीयाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २१ रन बनायो।

अत्तरीयाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाउने क्रममा सर्वाधिक ६७ रनको योगदान दिए। ५० बलको सामना गरेका दीपेन्द्रले १० चौंका र १ छक्का प्रहार गरे। त्यस्तै सुभेन्दु पाण्डे, ऋत गौतम र सन्नी पटेलले समान १२ रनको योगदान दिएपनि अन्य खेलाडीले दोहोरो रनको आँकडा छुन सकेनन्।

अत्तरीयालाई १२१ रनमा समेटन रुपन्देहीका ललित भण्डारीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएका थिए। त्यस्तै बिक्रम शोबले २ तथा बसन्त रेग्मी र पुनित मेहराले एक–एक विकेट लिए।

प्रकाशित: २ फाल्गुन २०७५ ०५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App