७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पाकिस्तान सधैं शान्तिको पक्षमा: शरीफ

इस्लामाबाद–पाकिस्तानका प्रधानमन्त्री  नवाफ शरीफले पाकिस्तानले शान्ति चाहेको र आफूहरु सधैं शान्तिको पक्षमा रहेको बताएका छन्। बुधबार संसद बैठकलाई सम्बोधन गर्दै शरीफले आफ्नो देशले सधैं शान्तिको पक्षमा रहेको बताएका हुन्। उनले भने, ‘पाकिस्तान आफै आतंकबादबाट पीडित छ भने उसले कसरी आतंकबादलाई प्रोत्साहन दिन सक्छ, यो हामीलाई छिमेकीले दुस्मनी साध्न लगाएको झुटो आरोप मात्र हो।’

उनले सारा विश्वले पाकिस्तान आतंकबादका विरुद्धमा रहेको देखेपनि छिमेकीले देख्न नसकेको बताए। उनले पाकिस्तान कास्मिरका जनताले उठाएको स्वतन्त्रताको मुद्दाको पक्षको रहेको बताए। शरीफले भने, ‘पाकिस्तान सधैं कास्मिरी मुद्दामा सकारात्मक छ, भारतले कास्मिरका युवा नेता वुरहान बानीको हत्या गरेपछि दंगा भड्किएको हो उसले यस मुद्दामा पाकिस्तानलाई दोषी बनाएर आफू चोखिन खोजेको मात्रै हो।’

उनले संसद्मा संबोधन गर्दै आफ्ना सेनाहरुलाई आतंकबादका लागि लड्न निर्देशन समेत दिएका छन्। शरीफले पाकिस्तानले भारतलाई समस्या समाधानकालागि पटक पटक वार्तामा बस्नका लागि आग्रह गरेको तर भारतले बैठकमा बस्न आनाकानी गरेको आरोप लगाए। उनले भने, ‘हामीले भारतलाई विभिन्न चरणमा वार्ता गरेर समस्या समाधान गर्न आग्रह गर्दा भारतले सधै आनाकानी गरिरह्यो।’ उनले पकिस्तानले राष्ट्रसंघको महासभामा कास्मिरको मुद्दा उठाउने डरले भारतले उरी हमला घटाएको र उल्टै पाकिस्तानलाई आतंकबादको राष्ट्रका रुपमा घोषणा गर्न माग गरेको आरोप समेत लगाए।

 

प्रकाशित: २० आश्विन २०७३ ०९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App