coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

भन्सार अधिकृत खड्कामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेको रसुवा भन्सार कार्यालय टिमुरेका अधिकृत पवित्रकुमार खड्कासहित आठजनाविरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको छ। भन्सार छली सामान छुटाएको अभियोगमा उनीहरूमाथि सात करोड ५९ लाख बिगो दाबी गर्दै खड्कासहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

जसअनुसार नायब सुब्बा धीरजकुमार थापासहित मितेरी इन्टरनेसनल ट्रेडसका प्रोपाइटर सुमन श्रेष्ठ र रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका धनबहादुर तामाङ, आकाश श्रेष्ठ, निरञ्जन त्रिपाठी, डम्बरबहादुर श्रेष्ठ छन्।

गत माघ २४ गते काठमाडौं जिल्ला अदालतमा राजस्व चुहावटको कसुरमा भन्सार अधिकृत खड्कासमेत माथि मुद्दा दायर भएको थियो। एउटा कम्पनीको उत्पादनलाई अर्कै भनी नक्कली कागजात बनाएको फेला परेपछि मुद्दा चलाउनु परेको अभियोग पत्रमा उल्लेख छ। भन्सार ऐन अनुुसार तिर्नुपर्ने वास्तविक राजश्व नतिरी कमसल र कम मूल्य मुल्यांकन गरी भ्रष्टचार गरेकाले उक्त बिगो माग गरिएको हो।

प्रकाशित: २ फाल्गुन २०७५ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App