८ वैशाख २०८१ शनिबार
समाज

अपराध बृद्धिदर पौने दुई प्रतिशत

काठमाडौं-प्रहरीले पछिल्लो दश वर्षमा पहिलो पटक अपराध बृदिदर दुई प्रतिशत भन्दा कम रहेको तथ्याँक सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले २०६३ देखिका वर्षमा निरन्तर उकालो लागेको अपराधको पारो पछिल्लो पाँच वर्ष यता ओरालो झर्नेक्रममा रहेको जनाएको हो ।

६१ औं प्रहरी दिवशका अवसरमा प्रहरी मुख्यालयमा आयोजित श्रदान्जली कार्यक्रममा सम्बोधनगर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध बृद्धिदर घटेको तथ्य सार्वजनिक गरेका हुन । उनले नियन्त्रण, रोकथाम र सफल अनुसन्धानले अपराध संख्यात्मक हिसाबले दुई प्रतिशतमा स्थिर रहेको बताएका हुन ।

महानिरीक्षक अर्यालले संविधानसभा निर्वाचन २०७०, १८ औं सार्क शिखर सम्मेलन, प्रलयकारी भूकम्प र प्राकृतिक प्रकोपहरु, संविधान निर्माण र घोषणा, आपूर्ति व्यवस्थामा देखिएका असहज परिस्थितिमा संयमित रहेर प्रहरीले सफलता पूर्वक जिम्मेबारी पुरा गरेको बताए । उनले ट्राफिक समस्या न्युनिकरण, ‘प्रहरी मेरो साथी’ जस्ता समुदाय केन्द्रित कार्यक्रम तथा परम्परागत पद्धतीलाई विस्थापन गरी सामाजिक संजाल र मोबाईल एप्लिकेशन लगायत वैज्ञानिक श्रोतसाधनको प्रयोगमा प्रहरीले जोड दिएको बताए ।  

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले यसवर्ष अमरत्व प्राप्त गर्ने प्रहरी जवान  अमन गजमेरकी सानिमा संजिता बिश्वकर्मा र प्रहरी जवान राजेन्द्र बुढा मगरकी पत्नी नमी बुढामगरलाई कदरपत्र प्रदान गरेका थिए ।  गृहमन्त्री निधिले कर्तव्य पालनाको क्रममा अमरत्व प्राप्त गर्ने प्रहरी अधिकारी र जवानका परिवारका लागि शिक्षा, स्वास्थ्य लगायतका विषयमा सरकारले गर्न सक्ने सहयोगका लागि अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्न प्रहरीलाई निर्देशन दिएका थिए । उनले तीन तहको निर्वाचनमा सरकार, आमनागरिक र प्रहरी सबैले आ–आफ्नो तर्फबाट भूमिका निर्बाह गर्नुपर्ने बताए ।  

प्रहरी दिवशमा को को भए पुरस्कृत

गृहमन्त्री निधिले अन्तर क्षेत्रीय प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकनमा यस बर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरुलाई कदरपत्र तथा पुरस्कार वितरण गरेका छन  । उत्कृष्ट पुरस्कार प्राप्त गर्नेहरुमा अन्चल प्रहरी कार्यालय भेरीका प्रहरी बरिष्ठ उपरीक्षक धिरु बस्न्यात, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी बरिष्ठ उपरीक्षक कमलबहादुर जिटी, पूर्व क्षेत्रीय सशस्त्र प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक शेखर कोइराला, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटलका प्रहरी उपरीक्षक प्रकाश अधिकारी, पूर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक अर्जुनचन्द ठकुरी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवर र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला छन ।

प्रहरी महानिरीक्षक अर्यालले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग पु¥याउने विभिन्न ब्यक्तिलाई कदरपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।

प्रहरी महानिरीक्षक अर्यालले प्रहरीलाई जग्गा तथा भवन प्रदान गर्ने सप्तरी राजबिराजका जोगेन्द्र भगत, ताप्लेजुङका देबेन्द्रप्रसाद सिटौला, ओखलढुंगाका दीर्घमान तामाङ, ओखलढुंगाकै कल्पना मगर, यनकुमारी मगर तथा लुत्रबहादुर मगर, ओखलढुंगाका शंकरमान तामाङ, सोलुखुम्बुका मैनाकुमारी राईकी छोरी सुनिता राई, खोटाङका मदन राई, सप्तरीका सूर्यनारायण चौधरी, सुर्खेतका देबबहादुर राना, काठमाडौं बुढानिलकंठका माधवप्रसाद कार्की, कुमारी क्लब बालकुमारी ललितपुर, स्याङजाका शोभाकान्त सापकोटा, सल्यानका नारायण गिरी तथा प्रहरीको भौतिक संरचना लगायतका सहयोग गर्ने पाँचथरका मोहनकुमार दाहाल, सुनसरी धरानका झमकबहादुर बस्नेत, काठमाडौंका भगवान गिरी, काठमाडौंका कष्णमुरारी कोइराला, ललितपुरका बरिष्ठ कलाकार किरण केसी, लतिपुरका अजरमान जोशी स्वठलाई कदरपत्र प्रदान गरेका हुन ।

यस्तै कार्यालय भवन उपलब्ध गराउने काठमाडौंका रबीन्द्र तण्डुकार, सिसि क्यामेरा जडान गरी सहयोग गर्ने काठमाडौंका गोपाल सुन्दरलाल कक्षपति, कार्यालय भवन व्यवस्थापनमा योगदान दिने काठमाडौं लाजिम्पाटका सूर्यलाल महर्जन, ब्यारेक भवन निर्माणमा सहयोग गर्ने भक्तपुरका कृष्णलाल भँडेल, भक्तपुरका साधुराम दाहाल र भक्तपुरकै कल्पना क्षेत्री, सिटी मनी एक्सप्रेसका अध्यक्ष डोलराज शर्मा र कार्यकारी निर्देशक चन्द्र टण्डन, चितवनका बाबुराम अधिकारी, काभ्रेका राजभक्त प्रजापतिलाई कदरपत्र प्रदान गरेका हुन ।

साथै सडक बालबालिकाका शिक्षादिक्षाका लागि योगदान दिने चितवनका बेलबहादुर गुरुङ, बिदेशबाट प्रहरीका लागि उपकरण उपलब्ध गराउने आनन्द मिश्र, प्रहरी अनुरोध कार्यक्रम निर्माणमा योगदान दिने कलाकार झापाका धमेन्द्र सिटौला, सामाजिक कार्यमा सिक्रय भूमिका निर्वाह गर्ने कास्कीका पुरुषोत्तम श्रेष्ठ, जनचेतना कार्यक्रममा सहयोग गर्ने भक्तपुरीकी सरिता शाह, उपचारमा सहयोग गर्ने नेपालगंज मेडिकल कलेजका सहनिर्देशक डा. रोमन किदवई समेत सम्मानित भएका हुन।

पूर्ण शान्ति पुरस्कार रावललाई

यसवर्षको  पूर्ण शान्ति प्रहरी पुरस्कार प्रहरी नायव निरीक्षक गजेन्द्र रावलले पाएका छन । महानगरीय अपराध महाशाखामा संगठित अपराध बिरुद्ध रावलले पु¥याएको योगदानका लागि पुरस्कृत गरिएको हो । यस्तै योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रहरी हवल्दार चन्द्रबहादुर रावल, उत्कृष्ट अनुसन्धानकर्ताद्वय प्रहरी नायव उपरीक्षकहरु टेकुनन्द इवा लिम्बु, रमेश थापा तथा प्रहरी नायव निरीक्षक गगनबहादुर शाही, सर्वोत्कृष्ट प्रशिक्षक आन्तरिकतर्फ प्रहरी निरीक्षक सन्तोष कुमार पन्त तथा प्रहरी नायव निरीक्षक भगवती अर्याल र बाह्यतर्फ प्रहरी नायव निरीक्षक बलिराम महतोलाई प्रदान गरिएको छ ।

यसैगरी उत्कृष्ट सामुदायिक प्रहरी पुरस्कार प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ, प्रक्षिक्षण, व्यवस्थापनतर्फ उत्कष्ट कार्य गर्ने प्रहरी उपरीक्षक राजेन्द्र गुरुङ, उत्कृष्ट प्रहरी खेलाडी करातेतर्फ प्रहरी हवल्दार मन्देकाजी श्रेष्ठ, भारोत्तोलनतर्फ प्रहरी हवल्दार तारादेबी पुन, तेक्वान्दोतर्फ प्रहरी जवान दिलबहादुर महरा, महिला भलिबलतर्फ प्रहरी कार्यालय सहयोगी कोपिला उप्रेती, उत्कृष्ट उद्धारकर्ता प्रहरी सहायक निरीक्षक रामचरण चौधरी, उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र पाख्रिन तथा प्रहरी नायव निरीक्षक प्रवीन आचार्य, प्रहरी द्वैमासिकको स्थापनाकालदेखि सहयोग पुु¥याउने साहित्यकार घनश्याम राजकर्णिकार, प्रहरी द्वैमासिक साहित्य लेखनतर्फ बरिष्ठ साहित्यका डा. बमबहादुर जिताली, व्यवसायिक लेखनतर्फ प्रहरी उपरीक्षक दिपक थापा, उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कार प्रहरी नायव उपरीक्षक ई. रामकुमार चौधरी, जग्गा पहलकर्ता प्रहरी उपरीक्षक उमाशंकर पंजियार र प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाह पुरस्कृत भएका छन् । साथै माध्यामिक बिद्यालयस्तरीय राष्ट्रव्यापी कविता तथा चित्रकला प्रतियोगितामा कवितातर्फ प्रथम हुने अनुभव थापा, द्वितीय प्रेरणा भूषाल र तृतीय एलिसा पराजुली तथा चित्रकलातर्फ प्रथम हुने सुभम शाह, द्वितीय सन्जोग लामा र तृतीय दुर्गा नेपालले पुरस्कार प्राप्त गरेका छन् । विविध पुरस्कार प्रहरी उपरीक्षक ई. नरोत्तमलालप्रधान, प्रहरी नायव उपरीक्षक सोमबहादुर थापा, प्रहरी सहयाक निरीक्षक लालसरी बोहरा, उत्कृष्ठ डग ह्गाण्डलर प्रहरी नायव निरीक्षक बासुदेव सुवेदी पुरस्कृत भएका छन् ।

यसैगरी उत्कृष्ट कार्य गर्ने कार्यालय तथा प्रहरी कर्मचारीहरुमा इलाका प्रहरी कार्यालय टिकापुर कैलालीका प्रहरी नायव उपरीक्षक गौतम मिश्र, अन्चल सशस्त्र प्रहरी गुल्म गण्डकीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक राजन भेटवाल, बिमानस्थल सुरक्षा गार्ड बिराटनगरका प्रहरी नायव निरीक्षक चन्द्रशेखर शिबाकोटी, इलाका प्रहरी कार्यालय बयलपाटा अछामका प्रहरी नायव निरीक्षक गणेशबहादुर कुँवर, प्रहरी चौकरी हिले धनकुटाका प्रहरी नायव निरीक्षक दुखनलाल यादव, कारागार सुरक्षा गार्ड नवलपरासीका प्रहरी सहायक निरीक्षक रामसेबक यादव समेत सो अवसरमा पुरस्कृत भएका छन ।

 

प्रकाशित: २० आश्विन २०७३ ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App