'पार्टी एकता भन्नै नसकिने गरी ढिला भयो '

बिहिबार, ०२ फागुन २०७५, ०६ : ५१ नागरिक

सर्लाही – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले तल्लो तहसम्म पार्टी एकता प्रक्रिया भन्नै नसकिने गरी ढिला भएको बताएका छन्। बुधबार सर्लाहीको लालबन्दीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता श्रेष्ठले सो कुरा बताएका हुन्।

‘तल्लो तहसम्म पार्टी एकता प्रकृया भन्ने नसकिने गरी ढिला भएको छ,’ श्रेष्ठले भने, ‘पहिला ३ महिनापनि लाग्दैन भन्ने लागेको थियो, तैपनि ३ महिना चाहिँ समय तोकौं भनेर राखियो, तर तीनगुणा बढी समय बितिसक्यो।’ स्थायी कमिटीले गठन गरेको एकता कार्यदलले प्रतिवेदन बुझाइसकेको उल्लेख गर्दै अब चाँडै नै तल्लो तहसम्मको एकता प्रक्रिया टुंग्याउने गरी छलफल अगाडि बढिसकेको श्रेष्ठले बताए।

लोकतन्त्रको नारा उचाल्दै प्रतिपक्ष नेपाली कांग्रेसले अलोकतान्त्रिक चरित्र प्रस्तुत गरिरहेको समेत सत्ताधारी दलका नेता श्रेष्ठले आरोप लगाए। ‘लोकतन्त्रको कुरा गर्ने तर जनताले चुनेको सरकार मैले भने जसरी मात्र चल्नुपर्छ भन्ने प्रतिपक्षको मान्यता कसरी लोकतान्त्रिक चरित्र हुन्छ ?’ श्रेष्ठले प्रतिप्रश्न गरे, ‘लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने प्रतिपक्ष पार्टीले जनताले विश्वास गरेर बनेको सरकारलाई ५ वर्ष त काम गर्न दिनुप¥यो नि।’ भेनुजुयला प्रकरणमा सरकार र पार्टीको एकमत विचार रहेको दाबी गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेको श्रेष्ठले कुनै पनि सार्वभौम देशप्रति बाह्य हस्तक्षेप सह्य नहुने दाबी गरे। दुई अध्यक्षले जेसुकै बोले पनि भेनेजुयलाको विषयमा पार्टी र सरकारको धारणा एकमत रहेको श्रेष्ठको दाबी थियो।

राजनीतिक क्रान्ति सम्पन्न भएर संस्थागत हुने क्रममा रहेकाले अब मुलुकमा आर्थिक क्रान्तिको आवश्यकता रहेको श्रेष्ठले बताए। ‘राजनैतिक क्रान्तिबाट भएका परिवर्तन संस्थागत हुने क्रममा छ’, उनले भने, ‘अब मुलुकको समृद्धिका लागि आर्थिक क्रान्तिको जरुरी छ।’

 






यसमा तपाईको मत

अन्य समाचार

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ। ...

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको...

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा बनेको छ। ...

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

Ncell Footer Ad