coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा एकको मृत्यु

लहान - पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका–५ मा बुुधबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। स्कुल बस र टेम्पो एकआपसमा ठोक्किँदा टेम्पोमा सवार मिर्चैया–२ का २७ वर्षीय विरेन्द्र साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको टाइम्स स्कुल मिर्चैयाको ना ४ ख ४९०४ नम्बरको बसले विपरित दिशाबाट आइरहेको ना ३ ख ३४२० नम्बरको टेम्पोलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक मिलनसिंह वस्नेतले बताए। टेम्पोमा सवार सोही ठाउँका २५ वर्षीय मुकुन्ददेब साह भने घाइते भएका छन्। उनको मिर्चैयास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ। साह मृतक विरेन्द्रका भाई रहेको प्रहरीले जनाएको छ। 

ठक्कर दिई फरार भएको बसलाई तत्कालै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले बताए। बस र टेम्पो चालकलाई समेत इलाका प्रहरी कार्यालय मिर्चैयाले आफ्नो नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: १ फाल्गुन २०७५ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App