coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सहिद परिवारलाई सम्मान

रुकुम – रुकुम (पश्चिम)मा स्थानीय सरकारले जनयुद्धका सहिद परिवारलाई सम्मान गरेको छ। जिल्लाको बाँफिकोट गाउँपालिका २ नम्बर वडाले यहाँका सहिद परिवारलाई सम्मान गरेको हो।

हरेक वर्षको फागुन १ गते सञ्चालन हुने जनवादी मेलाको अवसरमा गाउँपालिका भित्र राज्य तथा विद्रोही पक्षबाट मारिएकाहरूका आफन्तलाई सम्मान गरिएको वडा कार्यालयले जानकारी दिएको छ। २०५८ सालदेखि गाउँपलिका २ पिपलमा जनवादी मेला सञ्चालन हुँदै आएको छ। उक्त मेलाको अवसरमा बुधबार विगत सशस्त्र द्वन्द्वको क्रममा दुवै पक्षबाट सहिद बनेकाहरूका आफन्तलाई सम्मान गरिएको वडा अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिए।

बाँफिकोट गाउँपालिकामा राज्य तथा विद्रोही पक्षबाट ८५ जना सहिद भएका थिए। ति सबै सहिद परिवारलाई सम्मान गरिएको अध्यक्ष खत्रीले बताए। उनीहरूलाई एक÷एक वटा कासको थाली प्रदान गर्नुका साथै दोसल्लाले सम्मान गरिएको उनले बताए।

पहिलो पटक सरकारले आफुहरूलाई सम्मान गरेको भन्दै सहिद परिवार खुशी भएका थिए। आफ्ना आफन्तको योगदानबाट नै देशमा परिवर्तन आएको भन्दै उनिहरूले सहिदको सपना पुरा गर्न सरकारलाई आग्रह गरेका थिए। सोही मेलाको अवसरमा विभिन्न खेलकुद प्रतिगिता पनि सम्पन्न भएका छन्। वडा खेलकुद विकास समितिले सञ्चालन गरेको महिला÷पुरुष दौड, सटफुट, रस्साकस्सी र घैंटाफोर खेल सम्पन्न भएको बताइएको छ।
 

प्रकाशित: १ फाल्गुन २०७५ ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App