७ वैशाख २०८१ शुक्रबार
राजनीति

विवेकशील साझाको अन्तर्राष्ट्रिय सद्भाव समूह संयोजकमा पंगेनी


काठमाडाैं – विवेकशील साझा पार्टीले पार्टीको अन्तर्राष्ट्रिय सद्भाव समूह समन्वय समितिको  संयोजकमा राजेन्द्र पंगेनीलाई नियुक्त गरेको छ। पंगेनी अमेरिकामा क्यान्सर रोगबारे विद्यावारिधिपछि अनुसन्धानमा सक्रिय छन्।

विदेशमा रहेका नेपालीहरूलाई विवेकशील साझा पार्टीमार्फत पार्टीमा सहभागी गराउन, संसारका विभिन्न देशमा रहेका सद्भाव समूहबीच समन्वय गर्न र त्यस्ता समूहहरूको सञ्जाल विस्तार गर्न पार्टीले अन्तर्राष्ट्रिय सद्भाव समूह समन्वय समिति गठन गर्ने निर्णय गरेको बताएको थियो।

स्याङ्जा वालिङका स्थायी बासिन्दा ४० वर्षीय डा. पंगेनीले बेलायतको बोल्भरह्याम्प्टन विश्वविद्यालयबाट स्नातकोत्तर तथा विद्यावारिधि गरेका हुन्।

प्रकाशित: १ फाल्गुन २०७५ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App