coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दबासको अर्धशतकमा काठमाडौंद्वारा महेन्द्रनगरसामु १३५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं - धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बुधबारको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडसामु १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

स्थानीय फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३४ रन बनाएपछि महेन्द्रनगरले १३५ रनको लक्ष्य पाएको हो।

काठमाडौंका लागि अंकीत दबासले सर्वाधिक ६५ रनको योगदान दिए। ५५ बलको सामना गरेका अंकीतले ५ चौंका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै योगेन्द्रसिंह कार्कीले नटआउट २२, कप्तान ज्ञानेन्द्र मल्लले १४ र मेहबुब आलमले १३ रनको योगदान दिए। अन्य ३ जना ब्याट्सम्यान दोहोरो रनको स्कोर छुन नसकी पवेलियन फर्किए।

महेन्द्रनगरका लागि अमरसिंह रौटेलाले २ तथा मोहम्मद नभिद, अबिनाश बोहोरा र सागर ढकालले समान १–१ विकेट लिए।

प्रकाशित: १ फाल्गुन २०७५ ०४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App