coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फाइनलमा आर्मी र गण्डकी भिड्दै

झापा –  विभागीय टोली त्रिभुवन आर्मी र गण्डकी प्रदेश झापाको भद्रपुरमा जारी प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। 

राष्ट्रिय खेलकुद परिषद्को संयोजन तथा नेपाल हक्की संघको आयोजनामा सञ्चालित प्रतियोगिताअन्तर्गत मंगलबार आर्मीले प्रदेश–१ लाई  र गण्डकी प्रदेशले सुदूरपश्चिमलाई हराउँदै फाइनल यात्रा पक्का गरेका हुन्। 

पहिलो खेलमा आर्मीले प्रदेश–१ लाई ३–१ गोलमा पराजित गर्दै उपाधिनजिक पुगेको हो। आर्मीका राम साहले २ र सत्यनारायण चौधरीले १ गोल गरे भने प्रदेश–१ का अनीष मगरले एक गोल फर्काए। म्यान अफ म्याच प्रदेश–१ का शशी दर्लामी भए। दोस्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै आमीसँगको उपाधि भिडन्त पक्का गरेकोथियो। 

गण्डकीका श्रवणकुमार र सुदूरपश्चिमका सुरेशप्रसादले निर्धारित समयमा १–१ को बराबरी खेलेका थिए। टाइब्रेकरमा गण्डकीका श्रवणकुमार, सागर आचार्य, प्रवेश खनियाँ, बहादुर मगर र रोमन राणाले गोल गरे। सुदूरपश्चिमका सुरेशप्रसाद जोशी, कान्तुराम पनेरु र राजेन्द्र कार्कीले मात्र गोल गर्न सफल भए। खेलको म्यान अफ द म्याच गण्डकीका किसनबहादुर थापामगर घोषित भए।

प्रतियोगितामा कर्णाली प्रदेशबाहेक ६ प्रदेश र एक विभागीय नेपाल आर्मीको सहभागिता थियो। लिगचरणमा आर्मीले ३ खेल जित्दै ९ अंक प्राप्त गर्दा गण्डकीले २ खेल जित्दै ६ अंक, सुदूरपश्चिमले ४ अंक र प्रदेश–१ ले २ अंक प्राप्त गर्दै सेमिफाइनमा प्रवेश गरेको थियो। दमक घर भएका पूर्वराष्ट्रिय हक्की खेलाडी तथा नेपाल प्रहरीका पूर्वएआइजी अमरसिंह शाहले करोडौं मूल्य बराबरको जग्गा कभर्डहल निर्माणका लागि प्रदान गरेका छन्।

शाहले दमक नगरपालिका वडा–९ को १० कठ्ठा जग्गा नारायणज्योती खेलकुद तथा बहुप्रयोजनका निम्ती प्रदान गरेको हुन्। जग्गादाता शाहलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले सम्मान गरेका थिए। प्रतियोगिताअन्तर्गत उपाधिका लागि बुधबार आर्मी र गण्डकी प्रदेशबीच खेल हुनेछ भने तेस्रो स्थानका लागि प्रदेश–१ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ। 

प्रकाशित: १ फाल्गुन २०७५ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App