coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाैने पाँच कराेड  इँटा नोक्सान

धादिङको थाक्रे गाउँपालिकामा वर्षाले क्षति गरेको इट्टा। तस्बिर  : सरिता/नागरिक

धादिङ – वर्षाले धादिङ जिल्लामा करोडौं मूल्य बराबरको इँटामा क्षति पुगेको छ। एकसाता अघिदेखि परेको वर्षाले जिल्लाका विभिन्न ठाउँमा रहेका इँटा उद्योगमा चार करोड ८५ लाख ३० वटा भन्दा बढीको काँच्चो इँटामा क्षति पुगेको छ। वर्षाका कारण पोल्नका लागि तयारी अवस्थामा राखिएको इँटा काम नै नलाग्ने गरी बिग्रिएको छ। इँटा उद्योगबाट करीब २३ करोडको नोक्सान भएको धादिङ इट्टा व्यावसायी संघका अध्यक्ष एकराज गजुरेलले जानकारी दिए। 

लगातारको वर्षाले गर्दा इँटा बनाएर राखेका ठाँउहरु पानी जमेको छ। पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटाहरु काम नै नलाग्ने भएर बिग्रएपछि उद्योग संञ्चालकहरु चिन्त्तामा रहेको अध्यक्ष गजुरेलले जानकारी दिए। ‘हिउँदे वर्षाले काँच्चो इट्टामा क्षति पुर्‍याएको छ’, अध्यक्ष गजुरेलले भने, ‘धादिङ जिल्लामा रहेका प्रत्येक इँटा उद्योगहरुमा दशलाख देखि २० लाखसम्म पकाउनका लागि तयारी अवस्थामा राखिएको काँच्चो इँटा रहेका छन्।’ अहिले जिल्लामा संचालित करोडौँ इट्टा उद्योग संचालकहरु मर्कामा परेका छन्।  

मंसिर महिनादेखि बैशाख महिनासम्म इट्टा उत्पादनको समय हो। बर्षभरीको माग धान्नका लागि सोही समयमा करोडौं इट्टाहरु तयार पारेर राखिन्छ। तर, यसबर्ष सिजनकै मध्यभाग माघको अन्तिमतिर परेको वर्षाका कारण करोडौं इट्टा गलेर नष्ट भएको गजुरेलले बताए। ‘सिजनको मध्य भाग माघ अन्तिमतिर परेको वर्षाका कारण व्यवसायीले ठूलै क्षति व्यहोर्नु परेको छ’, अध्यक्ष गजुरेलले भने, ‘यसले यस बर्ष धादिङमा इट्टाँ उत्पादन कम हुने निश्चित भएको छ।’ 

महङगो ब्याजमा बैकसंग ऋण लिएर उद्योग खालेको र सामान जति सबै वर्षाका कारण बिग्रिएपछि अब बैकको ऋण समेत कसरी तिर्ने भन्ने समस्यामा परेको उद्योगीहरुको भनाई छ। काँच्चो इँटाको बिमा पनि नहुने सरकारबाट उद्योगीहरुलाई क्षतिपूर्ति पनि  नआउनाले उद्योगीहरुले घाटा बेहोर्नु परेको छ। इँटा उद्योगीहरुसंग राज्यले कर लिने तर विपद्मा कुनै किसिमको सहयोग पनि नगर्ने भन्दै सरकारले आफुहरुलाई क्षति पुर्तिको व्यवस्था गरिदिनु पर्ने समेत उद्योगीहरुको माग छ।

हिउँदे वर्षाले खुल्ला आकाशमुनि राखिएका काँचो इट्टाहरुमा क्षति पुर्‍याएको यति धादिङको थाक्रे गाउँपालिका वढा नं ८ मा रहेका टायल एण्ड ब्रिक इण्डष्ट्रिज प्रालिका संचालक माधव गजुरेलले बताए। ‘पोल्नका लागि ठिक्क पारिएको १५ लाख इट्टामा क्षति पुगेको छ’, संचालक गजुरेलले भने, ‘इट्टा जति सबै माटो जस्तै बनेको छ, यसबाट ६० लाख भन्दा बढी क्षति भएको छ।’ 

धादिङ जिल्लाभर ३७ वटा इट्टा उद्योगहरु संचालनमा रहेका छन्। राजधानीसँग जोडिएको धुनीबेसी नगरपालिकामा मात्रै २८ वटा इट्टा उद्योग छन्। थाक्रे गाउँपालिकामा ५ वटा, गजुरी गाउँपालिकामा र नीलकण्ठ नगरपालिकामा एक÷एक वटा र दुई वटा दर्ता नभएका चाइनिज इट्टा उद्योग छन्। जिल्लामा वि.स. २०६७ सालदेखि इँटा उद्योगको सचालन भएको थियोे। पछिल्लो समय काठमाण्डौको बजारको लागि नजिकै र भुकम्पबाट ध्वस्त भएका पुर्नसंरचना निर्माणको लागि बजारमा इट्टाको माग एक्कासी बढेपछि उद्योगको संख्या पनि बढेको हो।  

इट्टा उत्पादकहरुले सिजनमा ७ राउण्डसम्म इट्टा उत्पादन गर्ने गरेका छन्। यस पटक भने उत्पादन गर्न नपाइ नै क्षति पुगेको छ। व्यवसायीहरुले घाटा ब्यहोर्नुपरेपछि यसवर्ष थप इट्टाभट्टा खोल्न व्यवसायीहरु अग्रसर बनेका छैनन्। यसले गर्दा बजारको बढ्दो माग धान्न कठिन पर्ने व्यावसायीहरु बताउँछन्। जिल्लामा यस वर्ष इट्टा उत्पादन घट्ने अनुमान गरिएको छ। वर्षाले इट्टामा क्षति पुर्‍याएपछि करोडौँको घाटा व्यहोर्नु परेको छ। 

काँचो इट्टाँ तयार पारेपछि चिम्नी राख्ने तयारी भएको गर्दै गर्दा वर्षाले क्षति बनाएको हो। झमझम पानी परेको बेलामा खुल्ला आकाशमुनि रहेका इट्टाको स्याहार गर्न नसकिएको व्यवासायीहरुले बताए। प्रति इँटाको लागत साढे चारदेखि सात रुपैयासम्म पर्ने गर्छ। एकवटा इट्टामा क्षति पुगेपनि लाखौँको क्षति हुने गरेको छ। इट्टा उद्योगमा रहेका कामदारहरुलाई समेत ज्याला दिन कठिन परेको व्यावसायीको भनाई छ।

प्रकाशित: १ फाल्गुन २०७५ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App