coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुग्लिन नारायणगढ सडक खण्डमा १८ किलोमिटर सवारी जाम

मुग्लिन-नारायणगढ सडक खन्डमा राेकिएका सवारीसाधन।

चितवन–पूर्वी तथा पश्चिम नेपालका सवारी साधन राजधानी काठमाडौं आउ जाउ गर्ने मुख्य राजमार्ग नारायणगढ मुग्लिन सडक खण्डमा बिहीबार यातायात व्यवस्था अस्तव्यस्त भएको छ। दसैंका लागि काठमाडौंबाट बाहिरिएका हजारौं यात्रु लामो जाममा फसेका छन्। जामको समस्या आज दिनभरी नै कायम रहने नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ।

नारायणगढबाट मुग्लिन जाँदै गरेका सवारी साधनको लगभग १८ किलो मिटर लाइन लागेको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ। मुग्लिनदेखि कुरिनघाट तर्फ पनि नौ किलो मिटर लाइन छ।

विस्तारको काम चलिरहेको सो सडक खण्डमा जामको समस्या नयाँ होइन। तर दसैं तिहारकालागि यातायात सहज बनाउने अनेक प्रयास गरेर दुई घण्टाभित्रै गाडी नारायणगढ मुग्लिन आरपार हुने व्यवस्था मिलाइएको थियो। तर बुधबार पृथ्वीराजमार्गको तनहुँ आँबुखैरहनीमा पहिरो जाँदा भएको सडक अवरुद्धको प्रभाव नारायणगढ मुग्लिन सडक खण्डमा पनि परेको हो।

नारायणगढबाट मुग्लिन जाँदै गरेका सवारी साधनको लगभग १८ किलो मिटर लाइन लागेको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ। मुग्लिनदेखि कुरिनघाट तर्फ पनि नौ किलो मिटर लाइन छ। त्यसैले आज यातायात निकै असहज हुने आयोजनाले जानकारी दिएको छ। नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो खासै नगए पनि छवटा ठूला गाडी बिग्रेर बसेका छन्।

बिग्रेका गाडीका कारण समस्या थपिएको छ। यस्तो बेलामा पनि लेन अनुशासन पालना नगरेर अगाडि जान तछाडमछाड गर्ने सवारी चालकको प्रवृत्तिले पनि जामलाई मद्दत गरेको अधिकारीहरुले बताएका छन्। नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बुधबार बिहान ११ बजेबाट सवारी साधन सञ्चालनमा समस्या सुरु भएको थियो।
    

 

प्रकाशित: २० आश्विन २०७३ ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App