७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनामा एकको मृत्यु

काठमाडाैं- काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा मंगलवार बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेका छ। बा ६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनामा भई गम्भीर घाइते भएका थपलियाको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

यसैबीच काठमाडौँ महानगरपालिका–३० रातोपुल बस्ने इन्दिरा ढकालको घरबाट आज बिहान अन्दाजी एक तोला सुन, १५० तोला चाँदी र नगद रु ३० हजार गरी करिब रु दुई लाख ५० हजार बराबरको धनमाल चोरी भएको छ। चोरीमा संलग्न व्यक्ति फरार रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २९ माघ २०७५ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App