८ वैशाख २०८१ शनिबार
समाज

महोत्तरीमा अख्तियारका कर्मचारी र स्थानीयबीच झडप

महोत्तरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट गएको टोलीले औरही प्रहरी चौकी इन्चार्ज असई रामनरेश साह तेलीलाई नियन्त्रणमा लिन खोज्दा तनाव उत्पन्न भएको छ।

गोप्य सूचनाको आधारमा आयोगको बर्दिबासस्थित कार्यालयबाट डिएसपी प्रेम सागर केसीको नेतृत्वमा खटिगएको टोलीले असई साहसहित स्थानीय फर्निचर सञ्चालक दिनेश साहलाई समेत नियन्त्रणमा लिन खोजेको थियो। असईका साथै फर्निचर व्यवसायी साहलाई फसाउन खोजेको भन्दै अख्तियारको टोलीमाथि स्थानीय खनिएका थिए। आक्रोशित स्थानीयको अख्तियारको टोलीसँग घम्साघम्सी समेत भएको थियो। स्थिति तनावपूर्ण बनेको मौका छोपी असई साह भने भागेका छन्। औरहीको अवस्था तनावग्रस्त भएपछि इलाका प्रहरी कार्यालय गौशाला, जिल्ला प्रहरी कार्यालय महोत्तरी, इलाका प्रहरी कार्यालय रामगोपालपुरसहित टोली घटनास्थल पुगेर सुरक्षा व्यवस्था कडा पारेका छन्। स्थिति नियन्त्रणमा आइसकेको महोत्तरी प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

फरार असई साहको खोजी भइरहेको डीएसपी खड्काले बताए। असई साहले एक जना काठ व्यावसायीसँग १० हजार घुस लिइरहेको जानकारी आएपछि आयोगको बर्दिबासबाट टोली औरही पुगेको थियो। घम्साघम्सीको क्रममा अख्तियारको टोलीमाथि कुटपिट भएको स्थानीयले बताए पनि अधिकारिक पुष्टि भएको छैन। 

प्रकाशित: २९ माघ २०७५ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App