८ वैशाख २०८१ शनिबार
खेल

धनगढीविरुद्ध अत्तरियाको जित

विराटनगरविरुद्ध बलिङ गर्दै रुपन्देहीका पुनीत मेहरा । तस्बिर : नागरिक

धनगढी – तेस्रो संस्करणको धनगढी प्रिमियर लिगअन्तर्गत स्थानीय दुई टोलीबीचको भिडन्तमा सिवाइसी अत्तरियाले सफलता प्राप्त गरेको छ। प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारको  पहिलो खेलमा अत्तरियाले स्थानीय अर्काे क्लब धनगढी स्टार्सलाई ५ रनले पराजित गर्यो।

मंगलबारकै दोस्रो खेलमा विराटनगर किङ्सलाई ५ विकेटले हराउँदैै रूपन्देही च्यालेन्जर्स विजयी भयो। यसअघि सोमबार भएको पहिलो  खेलमा धनगढीलाई पनि रूपन्देहीले हराएको थियो। लगातार दुई जित निकालेको रूपन्देही ४ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनायो। अत्तरियाका लागि सन्नी पटलले ३५ बनाउँदा  जयकिसन कोल्सावालाले २१ रन जोडे। प्रेम तामाङले १२, दीपेन्द्रसिंह ऐरीले ११ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

धनगढीका रोशन मुस्तफाले ४ ओभरमा १४ रन खर्चंदै २ विकेट लिए भने सोमपाल कामी, अमिर हायात र विपिन खत्रीको भागमा १–१ विकेट पर्यो।

लगातार दोस्रो जित निकाल्दै रूपन्देही च्यालेन्जर्स ४ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा पुग्यो।

जबाफी ब्याटिङ गर्दै ९६ रनको लक्ष्यसहित मैदानमा उत्रेको धनगढी २० ओभरमा ९ विकेट गुमाउँदै ९० रन सीमित भयो। धनगढीका राजु रिजालको अविजित २६ रन प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन् । उनले  २६ बलमै  १ छक्का र १ चौकाको मद्दतमा सो रन बनाएका थिए। यसका अलावा रोहन मुस्तफाले  १८ रन, सन्दीप रिजालले ११, सोमपाल कामीले १० रन रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेख्य रन  बनाएनन्। अत्तरियाका लागि भुवन कार्कीले ४ ओभरमा १० रन  खर्चेर ४ विकेट लिए।  सन्नी पटेलले २ लिँदा दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले १–१ विकेट लिए।  अत्तरियाका सन्नी पटेलले म्यान अफ दी हुँदै १५ हजार प्राप्त गरे।

मंगलबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९३ रन बनायो। विराटनगरका लागि राजेश पुलामीमगरले १७, अब्दुलाह खानले १६, कुशल भुर्तेलले १२ र समसाद शेखले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। रूपन्देहीका पुनीत मेहराले ४ ओभरमा एक मेडनसहित २० रन खर्चेर ३ विकेट लिँदा ललित राजवंशी र वसन्त रेग्मीले समान २–२ विकेट लिए। विक्रम सोब र कृष्ण कार्कीले १÷ १ विकेट लिए। 

सामान्य लक्ष्यसहित ब्याटिङ गर्न उत्रेको रूपन्देहीले १३.१ ओभरमा ५ विकेट गुमाउँदै  लक्ष्य भेट्टायो। रूपन्देहीका लागी पुनीत मेहराले २७ बल खेल्दै ४ छक्का र २ चौकाको मद्दतले ४६ रन जोडे। विदेशी खेलाडी बाबर हायातले १७ रन जोड्दा भीम सार्कीले  १२ रन बनाए। विराटनगरका अविनाश यादवले २ विकेट लिए भने सुसन भारी, करण केसी र समसाद शेखले १–१ विकेट लिए। रूपन्देहीका पुनीत मेहरा म्यान अफ दी म्याच भए। उनले १५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे।

प्रकाशित: २९ माघ २०७५ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App