७ वैशाख २०८१ शुक्रबार
समाज

साना उद्योगीका उत्पादनको बजारीकरणमा सघाउछौं : राजदूतहरु

काठमाडौं - नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नवनियुक्त राजदूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तर्राष्ट्रिय मार्केटिङमा सघाउने प्रतिबद्घता गरेका छन्। स्थानीयस्तरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उनीहरुले बताए।

नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा नवनियुक्त राजदूतहरुको स्वागत तथा भेटघाट कार्यक्रममा उनीहरुले आफूहरुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने बताए।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, थाइल्यान्डका लागि गणेशप्रसाद ढकाल, यूएन जेनेभाका लागि मणिप्रसाद भट्टराई, फ्रान्सका लागि राजदूत दीपक अधिकारी त्यसैगरी कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगानाले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा साना उद्योगको योगदानलाई बिर्सन नहुने धारणा राखेका थिए।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले सरकारको ‘सुखी नेपाली–समृद्ध नेपाल’को अभियानलाई साकार पार्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादनमूलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको बताए। साथै सामना गर्न लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। यस्ता उत्पादनको निर्यात प्रवद्र्धनका लागि राजदूतहरुले आआफ्नो कार्यक्षेत्रमा आर्थिक कूटनीतिको भूमिका खेल्ने अपेक्षा उनीहरुले व्यक्त गरे।

प्रकाशित: २९ माघ २०७५ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App