coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : सरुवा बढुवामा गुनासो नआउने गरी काम गर्नुस्

फाइल फोटो

काठमाडाैँ - नेपाल प्रहरीमा सरुवा बढूवा हुने बेला ब्यापक गुनासाहरु बाहिर आइरहेको बेला  प्रधानमन्त्री केपी शर्मा ओलीले सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्।

नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरुवा बढुवामा दक्ष, क्षमतावान प्रहरीलाई स्थान दिन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले प्रहरी नेतृत्वलाई कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन निर्देशन समेत दिए। प्रधानमन्त्री ओलीले  प्रहरी जवानदेखि उच्च अधिकृत कसैले पनि अब संगठनमा भेदभावको वातावरण बनाउन नहुने बताए।

प्रकाशित: २९ माघ २०७५ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App