coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मुक्तेश्वरमा कमेडीसँगै नाचगान

मुक्तेश्वर महोत्सवमा गायक डिजराज पौडेल। तस्बिरः टंक क्षेत्री/नागरिक

सर्लाही – सर्लाहीको मूर्तियामा जारी दोस्रो ऐतिहासिक ‘मुक्तेश्वर मूर्तिया महोत्सव’ अन्तर्गत गत शनिबार राष्ट्रियस्तरमा कलाकारहरूले आफ्नो प्रस्तुती दिएका छन्।

शनिबार बिहानको असिनासहित मुसलधारे पानीले चिसिएको मौसममा कलाकारहरूको प्रस्तुतीले महोत्सवस्थल तताएको थियो। हाँस्य कलाकार शिवशंकर रिजाल ‘जोगेन्दर’ले समसामयिक विषयसँगै सामाजिक विकृति एवं विसंगतिविरुद्ध व्यंग्यात्मक प्रस्तुती दिँदा दर्शकहरू पेट मिचिमिची हाँसेका थिए। सर्लाहीकै हजरिया निवासी जोगेन्दरको प्रस्तुतीमा जिल्लाबासीले भरपुर मनोरञ्जन लिए।

कार्यक्रममा गायक डिजराज पौडेलले ‘फूलबुट्टे सारीमा’, ‘नक्कली कान्छीको क्या राम्रो रातो गाला’, ‘तिमी आउने बाटोमा’ र ‘सुनैको दरबार दिन तिमीलाई’ गाउँदा दर्शक झुमेका थिए। लोकगायिका राधिका हमालले ‘क्याम्पस पढ्न आउने’सहित आधा दर्जन गीत गाउँदा विशेषत युवा दर्शक निकै रमाएका थिए। गायक सुगम पोखरेल, कर्णराज गिरीलगायतको प्रस्तुती पनि उस्तै बेजोड थियो। मोडल तथा नृत्यांगाना पुजा जोशीको नृत्य पनि लोभलाग्दै थियो।

ऐतिहासिक एवं धार्मिकस्थल मुक्तेश्वर धामको प्रचारप्रसार गर्ने उद्देश्यले माघ २२ गतेबाट आयोजना गरिएको महोत्सव आगामी २८ गतेसम्म चल्नेछ।

प्रकाशित: २९ माघ २०७५ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App