coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

देशलाई भ्रष्टाचारमुक्त बनाऔं : ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमुक्त, पारदर्शी र सदाचारको देश बनाउन लागिपर्न सबैसँग आग्रह गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं वार्षिक उत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल सदाचार, पारदर्शी र भ्रष्टाचारमुक्त देश हो भन्ने साहसका साथ अन्तर्राष्ट्रिय मञ्चमा उभिने वातावरण बनाउनुपर्छ।’ प्रधानमन्त्री ओलीले मुलुक अब हात फैलाउने होइन सके अरूलाई दिने बिन्दुमा पुग्नुपर्नेमा जोड दिए।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भ्रष्टचार, पारदर्शिता र सदाचारको खोजी हुने गरेको प्रधानमन्त्रीले जानकारी दिए। उनले भने, ‘विदेश जाँदा पनि नेपाल भ्रष्टाचारको मामिलामा कहाँनिर नेपाल छ, त्यसको मापन कहाँ छ भन्ने खोजिन्छ, सदाचार र पारदर्शिताको मापन खोजी हुन्छ।’

उनले भ्रष्टाचार मुक्त देश बनाउन अख्तियारको प्रमुख भूमिका हुनुपर्ने बताए। ‘सरकारका सबै निकायलाई भ्रष्टाचारमुक्त हुन र मुक्त बनाउने कार्यमा सहयोग प-याउन निर्देशन दिन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘खासगरी अख्तियारलाई नियन्त्रण र निवारण गर्न आग्रह गर्दछु।’ यस्तै भ्रष्टाचारी रूपी प्वाल परेको गाग्री टाल्न जनप्रतिनिधिले विशेष भूमिका खेल्नुपर्ने बताए।

प्रकाशित: २९ माघ २०७५ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App