४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

मेले गरिन् प्रतिपक्षी नेतासँग वार्ता प्रस्ताव

लन्डन – बेलायतको युरोपेली संघ (इयू) बाट हुने बहिर्गमन (ब्रेक्जिट)लाई लिएर सरकारले ‘कस्टम युनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भइरहेका बेला प्रधानमन्त्री थेरेसा मेले प्रतिपक्षी दलका नेता जेरेमी कर्बिनसँग छलफल गर्ने भएका छन्। 

मेले प्रतिपक्षी दलका नेता कर्बिनद्वारा एक पत्रमार्फत ब्रेक्जिटबारे राखिएका पाँच मागमा सम्झौताकारी जवाफ दिएको सञ्चारमाध्यमहरूले जनाएका छन्। सोमबार स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको पत्रबारे मेले आइरिस समस्याको ‘वैकल्पिक समाधान’ खोज्न र कडा सीमा नीतिलाई लागू नगर्ने प्रतिबद्धता जनाउनका लागि आफूले दुई दलबीच छलफल गर्न चाहेको बताएकी छन्। बेलायतको विपक्षी लेबर पार्टीले मेको पत्रको जवाफ दिइनसकेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। कस्टम युनियनका विषयमा सत्तारुढ दल र विपक्षी दलबीच भिन्नता रहँदै आएको छ। तर मेले कर्बिनको कुनै पनि शर्तलाई पत्रमा सिधंै अस्वीकार भने नगरेको एएफपीले उल्लेख गरेको छ। 

स्थानीय विश्लेषकले मेको भाषा थप सुक्ष्म भेदयुक्त रहेको बताएका छन्। निजी विचारका रूपमा प्रधानमन्त्रीका सहयोगीले भने स्थायी रूपमा कस्टम युनियन राख्ने कुरा स्वीकार्ने सम्भावना नरहेको बताएका छन्। यस पहिले कर्बिनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा इयूका लागि छुट्टै सम्झौता गरी बेलायतभरको लागि  स्थायी र विस्तृत ‘कस्टम युनियन’ को माग गरिएको थियो तर दुवैको बाह्य कर भने एउटै हुने बताइएको थियो। मे र विपक्षी नेता कर्बिनबीचको नयाँ बैठकको तिथि तय नभइसकेको भए पनि उनको पत्रमा दुई पक्ष सकेसम्म छिट्टै छलफलमा बस्ने जनाइएको छ।

प्रकाशित: २९ माघ २०७५ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App