coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काश्मिरमा रहेको भारतीय सेना क्याम्पमा आक्रमण

हन्डरवाडा–जम्मु कास्मिरको हन्डरवाडामा रहेको एक भारतीय सेनाको क्याम्पमा आक्रमण भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
भारतीय समाचार संस्था पिटिआइले भारतीय सेनाका एक जवानलाई उदृत गर्दै भनेको छ, ‘भारत प्रशासित जम्मु –कस्मिरको हन्डरवाडामा रहेको भारतीय सेनाको क्याम्पमा बिहीबार बिहान ६ बजे चरमपन्थीले आक्रमण गरेका थिए।’

उक्त आक्रमणपछि सेना र चरमपन्थी बिच भएको दोहोरो भिडन्तमा तीन जना चरमपन्थी मारिएका छन् । भारतीय सेनातर्फ भने कोही हातहाती नभएको सेनाले बताएको छ । सेनाले भनेको छ, ‘ यो चरमपन्थी हमला हो र अहिले हामी उच्च सर्तकतामा बसेका छौँ।’ सेनाले छिमेकी गाउँहरुमा चरमपन्थी लुकेको आशंकामा आफूहरुले खोजीकार्य गरिहेको बताएको छ।

१८ सेप्टेम्बरमा उरीमा भएको आतंकवादी आक्रमणपछि भारत प्रशासित कश्मिरमा सेनाको क्याम्प यो दोस्रो आक्रामण हो। सोमबार विहान बारामुलामा सेनको एक क्याम्पमा आक्रमण भएको थियो। सो आक्रमणमा एक जवानको मृत्यु भएका थियो भने एकजना घाइते भएका थिए। उरी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ।

 

प्रकाशित: २० आश्विन २०७३ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App