coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नगरबसमा निःशुल्क यात्रा गर्न पाइने

डोटी– शिखर नगरपालिकाद्वारा सञ्चालित नगरबसमा केही नागरिकहरुले निःशुल्क यात्रा गर्न पाउनेभएका छन्। नगरपालिकाले जेष्ठ नागरिक, अपाङ्ग, असाहाय, टुहुरा र पत्रकारहरुलाई निःशुल्क यात्रा गर्नपाउने निर्णय गरेको छ। 

सोमबार बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए। ‘६५वर्षभन्दा माथिका बृद्ध, अपाङ्ग, असाहाय, टुहुरा र पत्रकारहरुलाई हाम्रो नगरबसमा यात्रा गर्न अब कुनै पैसा लाग्नेछैन’, उनले भने, ‘परिचयपत्रका आधारमा ती वर्गका नागरिकहरुले यस्तो सहुलियत लिन सक्नेछन्।’ 

नगरबस नागरिकको सेवाका लागि सञ्चालन भएकाले नागरिकको पीडालाई मध्येनजर गर्दै यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख सीताराम जोशीले बताए। उनले भने, ‘ती(सहुलियत पाउने) बर्गका नागरिकको समस्यालाई ध्यानदिएर यस्तो निर्णय लिएका हौं।’ सार्वजनिक यातायातका साधनमा सास्ती भोगेका नागरिकहरुलाई सहुलियत दिन नै नगरपालिकाले नगरबस सेवा सञ्चालनमा ल्याएको उनले बताए। ‘सार्वजनिक यातायातमा थुप्रै सास्ती भोगेको तथ्यसंग सबै जानकार छौं। त्यसबाट मुक्ती दिन र सावजनिक यातायातलाई व्यवसायलाई नागरिकमैत्री बनाउन उत्प्रेरित गर्ने किसिमले हामी नगरबस सञ्चालन गर्छौ’, उनले भने। 

नगरपालिकाले लिएको यो निर्णयको स्थानीयबासीले स्वागत गरेका छन्। ‘पैसा नहुने, आम्दानी गर्न नसक्ने जनताको पक्षमा यो निर्णय आएको छ,’ शिखर नगरपालिका–६ का नरी दमाईले भने, ‘यसले जनताका समस्या सरकारले बुझेको अनुभूति भएको छ।’ 

शिखर नगरपालिकाले केही समयअघिदेखी २ वटा नगरबस सञ्चालनमा ल्याएको छ। जुन नगरबसले सार्वजनिक यातायातको भन्दा ३० प्रतिशत कम भाँडामा सेवा दिईरहेका छन्। नगरबसहरु शिखर नगरपालिकासंग जोडिएको डडेल्धुराको सिमाना कोरालखोला देखी दिपायलसम्म सञ्चालन भइरहेका छन्। 

प्रकाशित: २८ माघ २०७५ १५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App