coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

ट्राफिक प्रहरीको ‘पटके’ अभियानमा ७ हजार ७२ ट्याक्सी चालकमाथि कारवाही

ट्याक्सी मिटरमा नगुडेमा, मनोमानी भाडा लिएमा, मिटरमा जान नमानेलगायत घटना तपाईंसँग छन् भने अब तपाईंले समाजिक सञ्जालमार्फत पनि महानगरीय ट्र«ाफिक प्रहरी महाशाखालाई उजुरी गर्न सक्नुहुन्छ । महाशाखाको ट्विटर, फेसबुकमा ट्याक्सी नम्बरसहितको तस्बिर तपाईंले पोस्ट गरेमा महाशाखाले निगरानी गरी कारबाही गर्नेछ ।
ट्राफिक महाशाखाले ‘हाउ मच ’अभियान सुरु गरेको धेरै भइसक्यो । अभियान सुरु हुँदा पनि ठगिने र ठग्ने क्रम नरोकिएपछि मंसिर २० गतेदेखि विशेष संयन्त्र खडा गरी ‘सिभिल ड्रेस’ मा ट्राफिक प्रहरीलाई खटाई मनोमानी भाडा लिने चालकलाई कारबाही गरिएको छ। यसलाइ पटके अभियान पनि भनिएको छ। यस अभियानअन्तर्गत ठगी गर्ने ट्याक्सी चालकको रेकर्ड राख्ने र पाँच पटकसम्म दोहोरिएमा लाइसेन्स नै रद्द गर्ने गरिन्छ। महाशाखाले २०७५ साउनदेखि अभियानअन्तर्गत सात हजार ७२ ट्याक्सी चालकलाई कारवाही गरिसकेको छ। ५० जनाभन्दा बढी सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीद्वारा दैनिक ६० देखि ७० ट्याक्सी चालकलाई कारवाही गरिएको महाशाखाका प्रवक्ता जयराम सापकोटाले जानकारी दिए। ट्राफिक प्रहरी प्रवक्ताले ट्याक्सी ठगीमा परेको जानकारीसहति महाशाखाको सामाजिक सञ्जालमा पोस्ट गर्न अथवा १०३ नम्बरमा फोन गरेर ठगी गर्ने ट्याक्सीको जानकारी दिन सक्ने बताएका छन् ।

विस्तुतमा भिडियोमा ...
 

प्रकाशित: २८ माघ २०७५ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App