बेचिनबाट बचेकी एक युवतीको कथा

सोमबार, २८ माघ २०७५, १९ : ४७ विष्णु लामिछाने

काठमाडौं– जीवनले कहाँ पुर्याउँछ। आफै हिडेको बाटो पनि कतिलाई थाहा हुँदैन। त्यहि बाटोबाट नरकको यात्रा गरेका धेरै यात्रीहरु नेपाली समाजमा भेटिन्छन्। तिनै मध्यकी एक हुन्, दोलखाकी मेनुका(नाम परीवर्तन)।

मेनुकाको घरको आर्थिक अवस्था कमजोर थियो। सामान्य पढाइपछि उनले विद्यालय छाडिन्। घरमा आमालाई सघाउन थालिन। घरमा बसेपनि उनलाई मोवाइल चलाउन आउँथ्यो। इमो वा भाइवरमा मज्जाले कुरा गर्न सक्दथिन्। एक दिन इमोमा उनको लक्ष्मी दिदीसंग कुरा भयो। लक्ष्मी दिदी दुवइमा काम गर्दथिन्। त्यो भन्दा बढि उनले गर्ने कामको बारेमा मेनुकालाई थाहा थिएन। 

दुई जनाबीच इमोमा कुरा भइरहन्थ्यो। एकदिन लक्ष्मीले उनलाई सोधिन्, 'काम गर्न आउने हो?' दुवइमा काम गर्न जाने र पैसा कमाएर घर पठाउने सपना मेनुकाको मनमा झांगिदै जान थाल्यो। उनले सोधिहालिन् 'के काम गर्नु पर्ने हो ?' लक्ष्मीले यसलाई अवसरको रुपमा लिँइन् र नेटमै भनिन् “घर भित्रको काम हो तर दु:ख छ।' मेनुकाले पनि जवाफ दिइन्, 'तपाईले गर्न सकेको दु:ख म चाहि नसक्ने भन्ने हुन्छ र?'

लक्ष्मीले फेरि सोधिन् 'आउने नै हो त्यसो भए? ' मेनुकाले सोधिन्, 'आउँछु तर कसरि?' मेनुकालाई दुवइ कसरी जाने भन्ने थाहा थिएन तर दुवइ पुगेर पैसा कमाउने हुटहुटी भने मनमा थियो। तर उनलाई के थाहा मानवतस्करको फन्दामा पर्दैछु भनेर।

दुवइ जाने उपाय पनि लक्ष्मीले नै सुझाइन् र एक जनाको नम्बर दिइन्। मेनुका उनकै दिलबहादुर कार्कीको सम्पर्कमा पुगिन्। दिलबहादुरलाई मेनुकाले फोन गर्नु अगावै उनैले फोन गरेर पासपोर्ट बनाउन भने। दिलबहादुरले भने अनुसार मेनुकाले गर्न थालिन्। उनलाई दुवइ जानु थियो। पासपोर्ट बनेपछि मेनुकालाई दिलबहादुरले काठमाडौं बोलाए। दाङ हुँदै उनी दिलबहादुरको इसारामा दिल्ली पुगिन्। दिल्ली पुगेपछि उनलाई दुवइको भिसा त मिल्यो तर नक्कली। दिल्ली जाने पैसा र साथी पनि दिलबहादुरले नै व्यवस्था गरिदिएका थिए मेनुकालाई। मेनुका सँगै अन्य महिला पनि थिए उनीहरुलाई दिलबहादुरे नै 'सेटिङ' मा वोर्डर पार गराएका थिए।

बोर्ड पार गरेपछि ति महिला गायव भए। बोर्डरमा प्रहरी पनि थिए। तर उनीहरुको भिडले प्रहरीको आँखा सजिलै छलियो। मेनुका अहिले बुझ्दैछिन् ति महिलाहरु त दिलबहादुरकै मान्छे रहेछन्।

दिल्ली पुगेपछिको ठेगान उनलाई सेक्टर १० बाहेक अरु थाहा छैन। सेक्टर १० पुगेर लगभग १५ मिनेट टुकटुक चढेर एउटा रुममा पुगेको मात्र थाहा छ। त्यहाँ उनी जस्तै अन्य केटीहरु पनि थिए। उनीहरुले मेनुकालाई परिचय खुलाएनन्।

'एउटा पुरानो पुरानो घर थियो, खान बस्न केहि समस्या थिएन' उनले भनिन्, 'मैले अर्को एक जनालाई पासपोर्ट दिएकी थिए। मसँग अरु केही थिएन। भएका साथीको नाम समेत थाहा थिएन।'

दिल्लीमा काम हुन्छ  हुन्छ भन्दै २५ दिन कट्यो। उनले आफ्नो कथा खोल्दै गइन्, 'मैले खासै कसैसँग कुरा गरिन। त्यहाँ भएका अरु नेपाली दीदी बहिनीले एक अर्कालाई नचिन्ने, चिने पनि कसैले सोध्यो भने चिनेकै छैन भन्ने गरेको थियौं। मलाई त भिसा आइसक्यो भनेको थियो नि तर पछि त बुझ्दा थाहा भयो भिसा नक्कली रहेछ।'

२५ दिनपछि उनलाई दलाले मणिपुर लगे। त्यहाँ त्यस्तै ८ दिन बसिन् उनी। 'मलाई जसरी पनि अरब जानु थियो। उनले लक्ष्मी दिदीलाई विश्वास गरेकी थिइन्। यसैले अन्य कुरा सोच्दै सोचिनन्। दुवइ गएको पैसा पनि उतै कमाएर दिन मिल्ने। ढिलो चाडो भए नि पुग्छु भन्ने उनलाई लागेको थियो।

त्यसको ८ दिन पछि उनलाई म्यान्मार लगियो। उनलाइ दुवै जाँदैछु भन्ने नै लागेको थियो। म्यानमार लगेर दलालले होटलमा राखे उनलाई। उनीसँग पासपोर्ट पनि थिएन। त्यहाँ होटलमा बस्दा पासपोर्ट बुझाउनु पर्छ भन्ने लाग्यो र  नरेश भन्ने एक युवालाई पासपोर्ट दिइन् उनले। नरेश त्यही भेटिएका थिए उनीसँग।  

उनलाई म्यानमारमा होटलको कोठाभित्र बस्दा बस्दा दिक्क लागि सकेको थियो। त्यहाँ अरु पनि नेपाली थिए। तर चिनजान नगरौँ भन्थे सबै जना। पैसा पनि थिएन, काम गर्न पनि नमिल्ने कति बस्नु कोठामा? मेनुकालाई दिक्क लागिसकेको थियो। उनलाई अब जता लगे पनि काम गर्न पाए हुन्थ्यो भन्ने लागिसकेको थियो तर दलालले उनलाई दुवइ लगेर बेच्न लागेका छन् भन्ने थाहा थिएन।

उनी बसेको होटलमा एक दिन प्रहरी आए। त्यहाँ बसेको ७ दिन भैसकेको थियो। नरेशले लागेको उनको पासपोर्ट त्यो दिन कसरी उनकै सिरानीमा भेटियो भन्ने उनलाई थाहा छैन। नरेशले कतिबेला आफ्नो सिरानमा पासपोर्ट राखिदियो भन्नेबारे मेनुका अनविज्ञ छन्।  

प्रहरीले उनलाई म्यानमारको होटलबाट उद्वार गर्यो। त्यसपछि मात्र उनले आफु बेचिन लागेको थाहा पाइन्। म्यानमारबाट माइती नेपालको सहयोगमा उनी काठमाडौं सम्म आइपुगिन्। नेपाल आएपछि उनी अहिले माइती नेपालको संरक्षणमा छन्।

मेनुका घरबाट कसैलाई थाहा नदिइ हिँडेकी थिइन्। बहिनी हराएपछि उनका दाईले खोजी गर्न थाले। माइती नेपालमा निवेदन दिए। माइती नेपालले प्रहरीको सहयोगमा खोजी गर्न थाल्यो उनको मोवाइल ट्रयाक भयो। उनी म्यानमारमा भेटिइन्। 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad