८ वैशाख २०८१ शनिबार
अर्थ

अर्थ मन्त्रालयका कर्मचारीलाई भारतमा तालिम

काठमाडौं– भारत सरकारद्वारा आयोजित तालिममा नेपाली कर्मचारी सहभागी भएका छन्। सोमवारदेखि इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्समा सुरु भएको ‘ग्लोबल प्रस्पेक्टिभ अन पब्लिक फाइनान्सियल म्यानेजमेन्ट’ विषयक तालिममा अर्थ मन्त्रालयका २० कर्मचारी सहभागी भएका हुन्। 

अर्थ मन्त्रालयको अनुरोध तथा आवश्यकता अनुरुप तयार पारिएको तालिम भारतीय विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’  अन्तर्गत सञ्चालन भइरहेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ। 

तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखा परीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीको क्षमता अभिवृद्धि गर्नेछ। यसअघि पहिलो चरणमा २० नेपाली कर्मचारीले माघ १० देखि दश दिन लामो तालिम लिइसकेका छन्।

प्रकाशित: २८ माघ २०७५ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App