७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेविसंघ अध्यक्ष महरको राजीनामा स्वीकृत

फाइल तस्बिर

काठमाडौ - कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघ अध्यक्ष नैनसिंह महरको राजीनामा स्वीकृत गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अध्यक्ष महरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

‘अध्यक्ष महरले दुई वर्ष पाँच महिना नेविसंघलाई कुशलतापूर्वक चलाउनुभयो’, डा. महतले भने, ‘तर, महाधिवेशन गर्न सक्नुभएन त्यसकारण धन्यवादसहित उहाँको राजीनामा स्वीकार गरियो।’ अध्यक्ष महरको राजीनामासँगै महाधिवेशनसम्मका लागि नेविसंघको तदर्थ समिति गठनका लागि बाटो खुलेको छ। दुई वर्ष कार्यकाल सकिएर दुई पटक गरी थपिएको पाँच महिनाको समयमा पनि महाधिवेशन गर्न नसकेको भन्दै अध्यक्ष महरको आलोचना भएपछि उनले पार्टी सभापति शेरबहादुर देउवासमक्ष सोमबार नै राजीनामा पेस गरेका थिए। नेविसंघको विषयलाई लिएर लामो समयदेखि पार्टीभित्र मत विभाजित छ। अध्यक्ष महरले भने पार्टी नेताको दबाबमा आफूले राजीनामा दिएको दाबी गरेका छन्। 

 

प्रकाशित: २८ माघ २०७५ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App