७ वैशाख २०८१ शुक्रबार
खेल

महेन्द्रनगरमाथि रुपन्देहीकाे राेमाञ्चक जित

काठमाडाैं - सोमबारदेखि सुरु भएकाे धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गतकोे दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ। रोमाञ्चक बनेको खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको हो।

धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा रुपन्देहीले दिएको १ सय १२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९ रनमात्रै जोड्न सकेपछि २ रनको हार व्यहोर्न बाध्य भयो। अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेको अवस्थामा ओभरको पहिलो बलमै मोहम्मद नाविद आउट भएपछि महेन्द्रनगर थप दबाबमा परेको थियो। महेन्द्रनगरले अन्तिम ओभरमा १ विकेट गुमाउनुका साथै ९ रन मात्रै जोड्न सक्यो। सुब्रमनियन आनन्दले सर्वाधिक २५ रन बनाए। यस्तै रोहित पौडेलले २४ तथा मोहम्मद नाविदले १२ रन जोड्नु वाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन्। रुपन्देहीका विक्रम शोबले ३ तथा पुनित मेहराले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोडेको थियो।रुपन्देहीका लागि सुमित महर्नजले सर्वाधिक २७ रन बनाए। यस्तै विनाेद भण्डारीले १९, विक्रम साेवले अविजित १६,सन्दीप सुनारले १५ तथा बाबर हयातले १४ रन जाेड्नु वाहेक अन्य खेलाडीले दाेहाेराे अंक समेत छुन सकेनन्। महेन्द्रनगरका सिद्धान्त लाेहनीले ३ तथा अविनास वाेहरा र सागर ढकालले समान २/२ विकेट लिएका थिए।

 

प्रकाशित: २८ माघ २०७५ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App