यस्तो छ प्रधानमन्त्री रोजगार कार्यक्रम, बेरोजगार र निर्वाह भत्ता पाइने

सोमबार, २८ माघ २०७५, १५ : ३४ नागरिक

काठमाडौं– सरकारले ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगार र निर्वाह भत्ता पाइने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रमबारे जानकारी गराएका छन्। 

उनका अनुसार बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम १ सय दिन बराबरको रोजगारी, रोजगार सूचना, परामर्श र सहजीकरण, व्यावसायिक तथा सीप विकास तालिम दिइनेछ। बेरोजगार परिवारलाई भने रोजगारी प्राप्त नगरेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशतका दरले हुन आउने रकम निर्वाह भत्ताको रुपमा उपलब्ध गराइने र सो रकम बैंक खातामा भुक्तानी गरिनेछ।

त्यस्तै, निर्वाह भत्ताको हकमा भने परिवारका कुनै पनि सदस्यदे न्यूनतम रोजगारी नपाएको, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार भएको, परिवारको कुनै सदस्य स्वरोजगार नभएको तथा वैदेशिक रोजगारीमा नभएको, सरकारी तथा कुनै पनि संस्थाबाट निवृत्तभरण वा अवकाश सम्बन्धी सुविधा नलिएको भएमा रकम प्रदान गरिने उल्लेख छ। 

प्रधानमन्त्री रोजगार कार्यक्रम किन ?

बेरोजगारी र गरिबीको समस्यालाई सम्बोधन गरी दिगो आर्थिक विकास हासिल गर्न सरकारले काम र रोजगारीलाई उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री विष्टले आगामी ५ वर्षभित्रमा बाध्यात्मक वैदेशिक रोजगारलाई निरुत्साहन गर्न, आन्तरिक रोजगारीको क्षेत्र र दायरालाई विकास र विस्तार गर्ने तथा श्रमको सम्मान गर्ने वातावरणको सिर्जना गर्दै राष्ट्रिय समृद्धिमा योगदान गर्ने लक्ष्यसहित प्रधानमनत्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागिएको स्पष्ट पारे। यो कार्यक्रमले मुलुकभित्रे उत्पादनशील रोजगारीका अवसरहरुलाई वृद्धि गरी न्यूनतम रोजगारीको सुनिश्चितता गर्ने र रोजगारी प्राप्त गर्न नसक्ने बेरोजगार परिवारलाई सामाजिक संरक्षण प्रदान गर्ने उनको विश्वास छ। 

 












यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad