४ वैशाख २०८१ मंगलबार
राजनीति

नेविसंघ अध्यक्ष महरद्वारा राजीनामा, देउवाले केन्द्रीय समितिमा यसबारे कुरा उठाउन मानेनन्

फाइल तस्बिर

काठमाडाैं - नेविसंघ अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्। लामो समयदेखि देखिएको नेविसंघभित्रको विवाद र नेविसंघको विषयमा अन्योल बढिरहेका बेला उनले राजीनामा दिएका हुन्। पार्टी सभापतिलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा उनले आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको दाबी गरेका छन्।

आफ्नो राजीनामा गराउन पार्टी केन्द्रीय समिति नै लागिपरेको उनले आरोप लगाएका छन्। विधानतः थपिएको तीन महिनामा आफूहरुले संगठनको विधानलगायत विषयमा पार्टीमा पेस गरे पनि आन्तरिक किचलोका कारण पार्टी नै समस्यामा रहेकाले राजीनामा दिएको उनले स्पष्ट पारका छन्। विधान नै नभएकाले महाधिवेशनको कार्यतालिका आफूहरुले बनाउन नसकेको पनि उनले उल्लेख गरेका छन्। राजीनामा पत्रमा उनले सबै अग्रज नेतालाई सम्बोधन गरी आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। 

तर, कांग्रेस केन्द्रीय समिति बैठकमा भने पाटी सभापति देउवाले नेविसंघको विषयलाई उठाउन नहुने बताएका नेविसंघका पूर्वमहामन्त्री गुरुराज घिमिरेले जानकारी दिए।

 

प्रकाशित: २८ माघ २०७५ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App