५ वैशाख २०८१ बुधबार
खेल

डीपीएल : महेन्द्रनगरले पायाे १ सय १२ रनकाे लक्ष्य

काठमाडाैं - सोमबारदेखि सुरु धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गतकोे दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले जितका लागि १ सय १२ रनको लक्ष्य पाएको छ। फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोडेपछि महेन्द्रनगरले पहिलो खेल जित्न १ सय १२ रनको लक्ष्य पाएको हो।

रुपन्देहीका लागि सुमित महर्नजले सर्वाधिक २७ रन बनाए। यस्तै विनाेद भण्डारीले १९, विक्रम साेवले अविजित १६,सन्दीप सुनारले १५ तथा बाबर हयातले १४ रन जाेड्नु वाहेक अन्य खेलाडीले दाेहाेराे अंक समेत छुन सकेनन्। महेन्द्रनगरका सिद्धान्त लाेहनीले ३ तथा अविनास वाेहरा र सागर ढकालले समान २/२ विकेट लिए।

प्रकाशित: २८ माघ २०७५ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App