७ वैशाख २०८१ शुक्रबार
खेल

डिपिएल तेस्रो संस्करणकाे उद्घाटन खेलमा काठमाडौं गोल्डेन्स विजयी


काठमाडौं – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन खेलबाट काठमाडौं गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै विजयी यात्रा सुरु गरेको छ। धनगढी स्टार्सले दिएको १३३ रनको लक्ष्य काठमाडौं गोल्डेन्सले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको हो।

काठमाडौं गोल्डेन्सका लागि अंकित डवासले २९, गौरब तमोर २८, अनिल कुमार शाहले २४ रन बनाए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ २, योगेन्द्रसिंह कार्की २ रन बनाएर आउट भए। महबूब आलम १२ तथा बिक्रम भुसाल १४ रनमा अविजित रहे।

धनगढी स्टार्सका रोहन मुस्तफाले ४ विकेट लिए पनि धनगढीलाई जित दिलाउन सफल भएनन्। त्यस्तै अमिर ह्यात र बिपिन खत्रीले एक–एक विकेट लिए। सोमबार नै दोस्रो खेल रूपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच खेल हुँदै छ।

प्रकाशित: २८ माघ २०७५ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App