भेनेजुएला संकट

जसरी पनि सहायता रुट खोल्ने विपक्षी नेताको प्रतिबद्धता

सोमबार, २८ माघ २०७५, १० : १० एजेन्सी

14


कराकस– सरकारले जति नै रोके पनि मानवीय सहायता सहयोगसम्बन्धी रुट (मार्ग) खोलेरै छोड्ने भेनेजुएलाका विपक्षी नेता उवान गुआइडोले प्रतिबद्धता व्यक्त गरेका छन्।

गत महिना आफूले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका गुआइडोले सहायता रुट खोल्ने आफ्नो योजना अर्को साता तयार हुने भन्दै सहायता सामग्री बाँड्नका लागि तयार रहन स्वंयसेवकहरुलाई आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ।

मानवीय संकटले ग्रस्त भेनेजुएलामा विपक्षी नेता गुआइडोले अन्तर्राष्ट्रिय जगतबाट सहायता सामग्री ल्याउने पहल गरेपछि राष्ट्रपति निकोलास मादुरो नेतृत्वको सरकारले कोलम्बियासँगको सीमाक्षेत्रमा पर्ने दुई देश जोड्ने प्रमुख पुलमा अवरोध सिर्जना गरेको तस्बिर बाहिरिएको छ।

सरकारले कोलम्बियासँगको पुलमा ठूलाठूला कन्टेनर र ट्रक तेर्साएर अवरोध सिर्जना गरिरहेको छ। सरकारी अधिकारीहरुले विदेशीको सहायता देशलाई खत्तम पार्ने ग्रान्ड डिजाइनसँगै आएकाले देशको सुरक्षा गर्ने कर्तव्य निभाउनका लागि सीमामा अवरोध सिर्जना गरिएको जिकिर गरेका छन्।

‘हाम्रो संविधानअनुसार शान्तिपूर्ण रूपमा देशको सीमालाई जोगाउनका लागि हाम्रो अधिकार र कर्तव्य दुवै रहेको छ,’ सरकारी अधिकारी फ्रेडे बर्नाललाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

उनले भेनेजुएलाका विपक्षी नेता गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यया दिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेलमा अधिकार जमाउन खोजेको आरोपसमेत लगाएको बिबिसीले उल्लेख गरेको छ। यसैबीच भेनेजुएलाका एक सक्रिय सैन्य कर्णेलले आफ्नो समर्थन गुआइडोप्रति रहेको  बताएका छन्। उनले आफ्ना सैनिकलाई देशमा सहायता सामग्री ल्याउने वातावरण बनाइदिनका लागि समेत आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एउटा भिडियोमा कर्णेल रुबेन पाज जिमेनेजले अबदेखि आफूले गुआइडोलाई समर्थन गर्ने बताएका हुन्। उनले मादुरो नेतृत्वको सरकारसँग ९० प्रतिशत सेना असन्तुष्ट रहेको समेत बताएका छन्।

भेनेजुएलाका एयर फोर्स जनरल फ्रान्सिस्को यानेजले विपक्षी नेतालाई समर्थन गरेको बताएको एक सातापछि कर्णेल रुबेनको पनि गुआइडोलाई समर्थन रहेको भन्ने धारणा बाहिरिएको हो। शनिबारमात्रै पनि एक अमेरिकी उच्च अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग नाम उल्लेख नगर्ने शर्तमा अमेरिकाले भेनेजुएलाको सैन्य अधिकारीसँग मादुरोविरुद्ध विद्रोह गर्नका लागि आग्रह गर्दै छलफल चलाइरहेको बर्ताएका थिए।

एक जनरल र एक कर्णेलले विपक्षी नेतालाई समर्थन रहेको बताए पनि भेनेजुएलाका शक्तिशाली सेनाले आधिकारिक रूपमै राष्ट्रपति मादुरोलाई समर्थन रहेको केही साताअघि नै बताइसकेको छ।

तेलका लागि विश्वमै धनी भेनेजुएलामा केही वर्षअघि देखि चरम आर्थिक संकट रहेको छ, जसका कारण मानवीय संकट उत्पन्न भएको छ। मानवीय संकटका कारण लाखौं भेनेजुएली नागरिक छिमेकी देशहरुमा शरणार्थीका रूपमा जीवन बिताउन बाध्य भइरहेका छन्। भेनेजुएलामा हाल खाद्यान्न र औषधीजस्ता अत्यावश्यक सामग्रीको समेत हाहाकार रहेको छ।वर्तमान राजनीतिक संकट सुरु भएदेखि नै अमेरिकाले भेनेजुएलाको तेल उद्योगमाथि प्रतिबन्ध लगाएको छ, जसका कारण भेनेजुएलाको अवस्था थप दयनीय बनेको छ।
सेनाको समर्थन रहेका राष्ट्रपति मादुरोले देशमा कुनै पनि विदेशी सहयोग आउन नदिने अडान लिँदै आएका छन्। भेनेजुएलाको पश्चिमी क्षेत्रमा पर्ने राष्ट्र जोड्ने टिएनडिटास पुलमा गत साता ट्यांकर र कार्गो कन्टेनर राखेर बाटो अवरुद्ध पारिएको थियो। सो पुलमा अझै पनि अवरोध जारी रहेको र कैयौं सेना त्यही पुलमै बसिरहेको फुटेज सार्वजनिक भएका छन्। भेनेजुएलाको कुनै पनि प्रशासनिक क्षेत्रमा विपक्षी नेता एवं देशको राष्ट्रिय सभाका अध्यक्ष गुआइडोको नियन्त्रण छैन, तसर्थ उनले भेनेजुएलाको छिमेकी देशहरुमा सहायता केन्द्र स्थापना गरेर सहायता सामग्री वितरण गर्ने योजना बनाइरहेका छन्।







यसमा तपाईको मत


अन्य समाचार

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...