प्रतिनिधिलाई प्रश्न

कमलविनायकलाई आवास क्षेत्रका रूपमा विकास गरिसकेका छौं

सोमबार, २८ माघ २०७५, ०९ : ४३ काष्ठमण्डप टिम

जनप्रतिनिधि भएर आउनुभएपछि जनताको पक्षमा के–के काम गर्न भ्याउनुभयो ?
निर्वाचनमा गरेका प्रतिवद्धताहरू पूरा गरिरहेका छौं। निर्वाचन घोषणापत्र अनुसार हामीले जनताको पक्षमा काम गर्दै आएका हौं। जस्तै : सडक तथा निर्माण सम्बन्धी काम।

वडाका समस्याहरू के–के देख्नुहुन्छ ?
यस क्षेत्रमा भूकम्पपीडितको समस्या छ। यहाँका भूकम्पपीडितहरूले अनुदान रकम पाएका छैनन्। धेरै दाजुभाईको एउटै घर भएको कारण न बनाउन सकेका छन् न त भूकम्पपिडितले पाउने पैसा नै पाउन सकेका छन्। यहाँ करिव पाँच सय जति पीडित छन्। तीमध्ये तीन सय जति परिवारले मात्र पहिलो किस्ता लिएका छन्।

तपाईँको वडामा घना र खुला क्षेत्र पर्छन्। यी दुवै क्षेत्रको छुट्टाछुट्टै सहरी विकासलाई कसरी अगाडि बढाइरहनुभएको छ ?
हो, यो वडामा घना बस्ती पनि र खुला क्षेत्र पनि छन्। हामीले घना बस्तीका लागि नक्सा पास गर्ने क्रम जारी गरेका छौं। त्यो नगरपालिकाको नियम अनुसार काम भइरहेको छ। व्यवस्थित सहर बनाउने तरिकाले काम अघि बढाएका छौं। त्यस्तै खुला क्षेत्र कमलविनायकलाई आवास क्षेत्रको रूपमा विकास गरिसकेका छौं। त्यसलाई व्यवस्थित तरिकाले काम गरिराखेका छौं। साथै बाँकी खुला क्षेत्रलाई नगरपालिकाले अब यसलाई कसरी विकास गर्दा राम्रो हुन्छ भनी छलफल भइराखेको छ।  

उतरी भेग कमलविनायकमा ढल निकासको समस्या देखिन्छ। यो समस्या समाधानका लागि केही योजना बनाइरहनुभएको छ ?
पक्कै पनि। हाम्रो वडामा ढलको समस्या छ। यसलाई न्यूनीकरण गर्न हामीले पेआइडीसित सम्झौता गरेका छौं। अहिलेको लागि हामीले यस क्षेत्रको ढल खोलामा नमिसाइकन वैकल्पिक उपाय अपनाउने छलफल भइरहेको छ। अहिले यो समस्या समाधानका लागि धैर्य गर्नुपर्ने आवश्यकता छ।

तपाईँको वडामा भूकम्पपीडितका समस्या पनि उत्तिकै देखिन्छ। पीडितको समस्या समाधानमा के गरिरहनुभएको छ ?
हामीले अहिले भूकम्पपीडितहरूको लागि नक्सा पास गर्न सहजीकरण गरिरहेका छौं। त्यस्तै भूकम्पमा २२ घन्टा पुरिएर सकुसल उद्धार गरिएका सानो बालक सोनिस अवालको परिवारको घर पनि मेरो वडामा पर्छ। उसको परिवारको पनि त्यस्तै धेरै दाजुभाइको कारण केही भएको छैन। घर बनाउन सुरु गर्न सकेको छैन। यही कारण उसको परिवारका लागि पनि केही गर्ने सोच हुँदाहुँदै पनि केही गर्न सकिरहेको अवस्था छैन। दुःख लाग्छ कहिलेकाहीँ।  

वडामा जताततै खानेपानीको पाइप फुटेर पानी चुहावट भइराखेको देखिन्छ। यसमा वडाले के गरिरहेको छ ?
हो, हाम्रो वडामा पनि पानीको चुहावट धेरै भएको देखिन्छ। धेरैजसो कमलविनायक, मूलढोकामा पानीको चुहावट भइरहेको हुन्छ। त्यो हुनुको कारण स–सानो गाडी आउनेमा ठुल्ठूलो गाडी ल्याउँदा त्यहाँको पाइप फुटयो। पानीको पाइप फुट्नेबेला हामीले खानेपानीसँग दिनहुँ कुरा राख्ने गर्छौं। तर, काम भने ढिलाई हुने गर्छ। खानेपानी समस्यालाई समाधान गर्न खानेपानी र नगरपालिकामा छलफल भइरहेको छ।

वडामा भक्तपुरकै प्रख्यात नागपोखरी र महालक्ष्मी मन्दिर पनि रहेका छन्। यसलाई अझ व्यवस्थित गरी पर्यटकीय आकर्षणका रूपमा अगाडि वढाउने केही योजना छन् कि ?
छलफल भइराखेको छ। नगरपालिकाले पर्यटकीय क्षेत्रको रूपमा विकास गरिराखेको छ। वडालाई पनि विकास गरिराखेका छौं। महालक्ष्मीमा सरसफाई ध्यान दिइराखेका छौं।

तपाइँको वडामा भक्तपुरकै प्रख्यात कमलपोखरी पनि पर्छ। कमलपोखरीलाई अझ थप आकर्षक बनाउने केही योजना छ ?
हजुर, हामीले कमलविनायक पोखरीलाई अझ आकर्षक बनाउने पहल गरिराखेका छौं। यसलाई व्यवस्थित गर्न कमलविनायक पोखरी सुधार समिति पनि छ। उहाँहरूसँग पनि छलफल गरी वातावरण व्यवस्थित गर्ने काम भइरहेको छ। त्यहाँ राखिएको पसललाई व्यवस्थित गर्ने सोच छ। भक्तपुरको सौन्दर्य पोखरीको रूपमा चिनाउने हाम्रो चाहना हो। अहिले पोखरीमा पानी चुहेको भन्ने शंका छ, त्यसको छानबिन भइराखेको छ।

तपाईँको वडामा भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको ख्वप बहुप्राविधिक अधययन संस्थान अन्तर्गतका कक्षाहरू पनि पहिलाको शारदा क्याम्पस भवन कमलविनायकमा चलिराखेको छ। यसबारे केही भन्नुहुन्छ कि ?
हो। तर, यहाँ पानी पर्दा भवन डुवानमा पर्ने गर्छ। त्यसकारण त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको छ। यसलाई व्यवस्थित गर्न हामीले चाँंगुनारायण नगरपालिका वडा नं ७ का वडा अध्यक्ष ज्ञानबहादुर केसीसँग छलफल गरी राखेका छौं। यस क्षेत्रलाई कसरी डुवान हुन नदिन विषयमा। 

तपाईँको वडामा नगरकोट जाने सडक पनि पर्छ। यो सडक बनाउन सक्नुपर्ने मिति गुज्रिसेकको पनि वर्षाै बितिसकेको छ। तर, सुरुमा कालोपत्रे गरिएको सडक पनि पूरै बिग्रेर खाल्डाखुल्डी भइसकेको छ। यसमा तपाईँले ध्यान दिनुभएको हो ?
साँचो हो यो कुरा। तर, बनेको भने छैन। यस विषयलाई लिएर हामी वडाबासी म आफैं सडक विभाग, डिभिजन सडकमा गयौं। त्यहाँ जादाँ सडक विभागअन्तर्गत पर्ने होइन भन्छन्। उनीहरूले दिएको नम्बरमा फोन गर्दा हुन्छ भन्छन्। तर, काम भने भएको छैन।

कमलविनायक चोकमा सधैं जामको समस्या देखिन्छ ? यसबारे तपाईको ध्यान गएको हो ?
कमलविनायक चोकमा जामले धेरै अप्ठेरो छ। यहाँ जाम हुने बेला हिँडेर जान एकदम अप्ठेरो छ। खास भन्नुपर्दा हिँड्न नै ठाउँ हुँदैन ठूलो गाडी हुने बेलामा त। त्यसैले हामीले टाफिक र मिनिबस सेवा समितिसँग बसेर छलफल गरेका छौं। यसको लागि वैकल्पिक सडकको खोजी गरिराखेका छौं।

तपाईँको वडामा धेरै सार्वजनिक पाटीपौवा, मठमन्दिरहरु पनि छन्। यसको संरक्षण कसरी गरिरहनुभएको छ ?
पुर्खाले सिर्जेको सम्पत्तिलाई बचाउने काम गरिआएका छौं। हाम्रो वडामा मात्र ४६ पाटी छन्। यसलाई हामीले भत्केका पाटीलाई बनाउने र जीर्णाेद्धारका काम गरिआएका हौं।

अन्तमा वडावासीहरूलाई भन्न मन लागेको केही कुरा छन् कि ?  
हाम्रो सबै देशवासीलाई आफ्नो क्षेत्रमा सरससफाइमा ध्यान दिऔं। बालबालिकाबारे ध्यान दिऔं। हाम्रो वडालाई राम्रो बनाऔं।

प्रस्तुति  : रेणु त्वानाबासु

 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad