सपनाको सहर

‘काठमाडौं कलैकलाको नगरी हो’

सोमबार, २८ माघ २०७५, ०९ : ०५ काष्ठमण्डप टिम

तपाईँको विचारमा सहर भनेको के हो ?
सहर भनेको सभ्यताको प्रतीक हो। जहाँ मानिसले आफ्ना नैसर्गिक अधिकारदेखि आफ्ना जीवनका अन्य आवश्यकता सहजै पूर्ति गर्न पाएका हुन्छन्। सहरभित्र इतिहास, कला, संस्कृति र सभ्यताका अनेक स्वरूप तथा चरणहरू लुकेका हुन्छन्। सहरमा हिजोको सभ्यता आजको पुस्ताका निम्ति सजाएर राखिएको हुन्छ। संसारका ठूला सहरलाई हेर्ने हो भने पनि हजारौं वर्षअघिको इतिहास सहरसँग जोडिएको पाइन्छ। मानिस र समाजको विकासक्रमसँगै सहरले आफ्नो पहिचान र रूप पनि फेर्दैछ। त्यसकारण सहर भनेको सभ्यता उदयको प्रथम विन्दु हो। अहिलेको स्थितिमा हेर्दा सहरले आधुनिक र ऐतिहासिक आवश्यकता पूरा गरेको छ।

तपाईँको विचारमा आधुनिक सहर कस्तो हुनुपर्छ ?
स्वच्छ, हराभरा, सहज र व्यवस्थित हुनुपर्छ। सहरले मानवीय चेतनालाई ठ्याक्कै समाउन सक्ने किसिमको हुनुपर्दोरहेछ। मैले संसारमा अरु सहर हेर्दा पनि त्यस्तै पाएँ। आजभन्दा दुई हजार वर्षअघि रोमन सहर बसेको थियो। त्यसको एउटा वास्तविक कथा छ। त्यहाँको एउटा डाँडोमा ज्वालामुखी भयो। त्यसको खरानीले रोमन आसपासका अन्य सहर भाक्लो तहमा छोपिदियो। आजभन्दा दुई सय वर्षअघि त्यसको उत्खनन् भयो। र, त्यसलाई जस्ताको राख्ने गरी आधुनिक सहर बनाइयो। अहिले पनि हामीले त्यहाँ जादा त्यस्तै चित्र भेटाउँछौं। त्यसकारण सभ्यता र हिजो सबै पक्षहरू भेटिनुपर्छ। परापूर्वकालदेखिका महान सभ्यता सहरले बोकेको हुन्छ। आधुनिक सहरमा इतिहासलाई झ्न सजाएर राखिएको हुन्छ। देवतासँगै मानिसको भावना कसरी जोडियो भन्ने कुरा पनि सहरमा पाइन्छ। यसबाहेक तत्कालीन अवस्थालाई नियाल्दा सहर सुन्दर, शान्त र सुविधायुक्त हुनुपर्छ। सहरमा बसेका सबैले सहरमा छु भन्ने महसुस गर्न सकुन्। एकले अर्कोलाई अवरोध नगरुन्। सहरवासीले पनि सहरप्रतिको आफ्नो कर्तव्य भुल्नु हुन्न।

काठमाडौंमा जता फर्किए पनि भगवान भेटिन्छन्। यहाँका कला–संस्कृति संसारमै भेटिनन्। यहाँको प्राकृतिक र सांस्कृतिक कुरा एकदमै फरक छ। काठमाडौंको मौसम पनि राम्रो छ। मात्रै प्रदूषण र अव्यवस्थित विकास निर्माणले सहरलाई कुरूप बनाएको हो।


घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मैले संसारका धेरै देशका सहर घुमेको छु। नेपालबाहिरका सहर अत्यन्त व्यवस्थित र विकसित छन्। कुनै एक सहरको नाम लिनुपर्दा स्वीडेनको स्टकहोम सहर ज्यादै मनपर्‍यो। त्यहाँ इतिहास र आधुनिकता दुवै पक्षको झझल्को भेटिन्छ।

कुन–कुन देशका सहर घुम्नुभएको छ ?
सिंगापुर, चीन, स्वीडेनलगायत धेरै देशका सहर घुमेर त्यहाँको जीवनशैली बुमmेको छु।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं कलैकलाको नगरी हो। यहाँ जता फर्किए पनि भगवान भेटिन्छन्। यहाँका कला–संस्कृति संसारमै भेटिनन्। यहाँको प्राकृतिक र सांस्कृतिक कुरा एकदमै फरक छ। काठमाडौंको मौसम पनि राम्रो छ। मात्रै प्रदूषण र अव्यवस्थित विकास निर्माणले सहरलाई कुरूप बनाएको हो। यहाँको हावापानी प्रदूषित भइसकेको छ। काठमाडौं सहर आफैमा नराम्रो होइन। कुनै ताका राम्रो सहरमध्ये उपत्यकालाई राखिन्थ्यो। तर, हिजोआज काठमाडौंलाई हेप्न थालिएको छ। यहाँको समस्या समाधान गर्न सरकार प्रतिबद्ध देखिएको छैन। काठमाडौंलाई सबैले अवसरका रूपमा मात्रै लिए। तर, बनाउन कोही जुटेनन्। नेपालको मौलिकपना र वास्तविक नेपाल कस्तो छ भन्ने विषयलाई यी सहरले झल्काएका छन्।

काठमाडौंलाई कहिलेदेखि चिन्नुभयो ?
मैले धेरै पहिलेदेखि नै काठमाडौंलाई चिन्न पाएँ। आजभन्दा ४०/४५ वर्षअघि काठमाडौं छिरेको थिएँ।

कस्तो थियो त्यतिबेलाको काठमाडौं ?
त्यतिबेलाको काठमाडौं स्वच्छ र हराभरा थियो। जनसंख्या कम थियो। बौद्धमा दुवै साइडतिर ठूल्ठूला फाँटहरू थिए। खेतैखेत थिए। बौद्धको ठूलो मन्दिर मात्रै देखिन्थ्यो। स्वयंभूक्षेत्र पनि त्यस्तै थियो। टुडिँखेलको वरिपरि पनि भीडभाड र अव्यवस्थित थिएन। म विशालनगरमा बस्थेँ। त्यहाँ घर बनाउँदा पनि खेत थियो। पछिल्लो समय काठमाडौं सोच्नै नसक्ने गरी अव्यवस्थित भयो।

अहिले काठमाडौैं किन अव्यवस्थित भएको होला ?
हामीले विकास गर्ने धेरै समयकाल राजनीतिमै बितायौं। विकासका नयाँ मोडल र योजनाहरू कोर्न सकेनौं। मेरो विचारमा काम नगरेकै कारण काठमाडौं यस्तो भएको हो। जनसंख्याको चापले गर्दा पनि काठमाडौं साँघुरो भएको छ। त्यसैले सहर सपार्न यहाँको पूर्वाधार निर्माण र जनसंख्या चाप व्यवस्थित पार्नुपर्छ। अर्को कुरा यहाँ भएका सेवा सुविधा पनि अन्य ठाउँमा विकेन्द्रीकरण गर्न जरुरी छ। सडक विस्तार, धुवाँधुलो रोकथाम, ट्राफिक व्यवस्थापनलगायत विषयलाई समाधान गर्न जरुरी छ।

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
म बसेको सहरमा कतै पनि प्रदूषण नदेखियोस्, इतिहास जीवन्त भेटियोस्। सडकको छेउमा हरियाली र सडक बत्ती होस्। यति भयो भने सहर केही राम्रो हुन्छ होला। यदि सोचेर काम गरेको भने हामीले सहरलाई चिरिच्याट्ट पार्न सक्थ्यौं। अहिले त त्यो समय गुज्रिसकेको छ। सहरले आफ्नो रूप बिगारेको छ। त्यसलाई मौलिक रूपमा फर्काउन निकै कठिन छ।

घुमेका र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?
धेरै भिन्नता पाएँ। विदेशका सहरमा इतिहास सजाएर राखिएको छ। राज्यको नीति नियमले सहरलाई सुरक्षित र विकसित बनाएको छ। हाम्रोमा त्यस्तो छैन। यद्यपि प्रकृतिले दिएको र पुस्ता सिर्जेको पक्षलाई हेर्दा हामी संसारमै फरक छौं। त्यो पक्षलाई हेर्दा नेपालका सहरलाई विदेशका सहरसँग दाज्न मिल्दैन। किनभने यहाँका सहर र विदेशका सहरको विशेषता फरक–फरक छ। आधुनिकता र सुन्दरतालाई हेर्ने हो भने विदेशका सहर धेरै राम्रा छन्। प्राकृतिक र मौलिक परम्परालाई हेर्दा हाम्रा सहर अग्रपंक्तिमा छन्।

उपत्यकाको मन नपर्ने पक्ष के–के हुन् ?
यहाँको सबैभन्दा मन नपर्ने पक्ष प्रदूषण र ट्राफिक जाम हो। ट्राफिक व्यवस्थापन हुन नसकेकाले राजधानीवासीले धेरै समस्या खेप्नुपरेको छ।

यहाँका मनपर्ने पक्ष ?
यहाँको मौसम सदावहार छ। उपत्यकाभित्र जता फर्किए पनि मन्दिर र कला संस्कृति भेटिन्छन्। त्यसकारण पनि यो ठाउँलाई मन्दिरै मन्दिरको सहर पनि भन्ने गरिन्छ। अर्को पक्ष भनेको यहाँ धेरै गर्मी र धेरै जाडो पनि हुँदैन। त्यस्तै, सेवा सुविधाको हकमा पनि काठमाडौं राम्रो छ। यहाँका पुराना संस्कृति र परम्परा दरबार क्षेत्र पनि उत्तिकै रमणीय लाग्छन्।

सहरवासीका मन पर्ने बानी व्यवहार कस्तो लाग्छ ?
सहर मात्रै होइन, नेपालका भूभागभित्र बस्नै हामी सबै एउटै बगैचाका फूलबारी हौं। हामी सबैले हाम्रो भूगोललाई सफा राख्नुपर्छ। एकले अर्कालाई सम्मान गर्नुपर्छ। नेपाल यस्तो ठाउँ हो जहाँ एकले अर्कोप्रति गर्ने माया र आदर छुट्टै छ। तर, पछिल्लो समय हामीमा एक हौं भन्ने भावना हराउँदै गएको छ। सहरवासीमा एक अर्काप्रति वैमनस्यता बढ्दै गएको छ। त्यसकारण सबै मिलेर एक–अर्काको सद्भाव कायम राखेर हातेमालो गर्न जरुरी छ।

सहर व्यवस्थित पार्न के गर्नुपर्ला ?
सबै मिलेर काम गर्नुपर्छ। नागरिक पनि सहर बनाउन सक्रिय भूमिका निर्वाह गर्नुपर्छ। उपत्यकाको सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामलगायत विषय केन्द्रमा राखेर काम गर्ने हो भने समस्या तुरुन्तै समाधान हुन सक्छ। यहाँको मौलिकता र आधुनिक दुवैलाई ख्याल राखेर विकास निर्माणका काम गर्ने हो सहर राम्रो बन्छ।

सहरको मनपर्ने खानेकुरा के हो ?
ग्रामीण भेगमा बनेका परिकार मिठो लाग्छ।

प्रस्तुति  : शिवहरि घिमिरे







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...