सिजी प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई वाइपिओ अवार्ड

सोमबार, २८ माघ २०७५, ०७ : ४३ नागरिक

67


काठमाडौं – चौधरी ग्रुपका प्रवन्ध निर्देशकनिर्वाण चौधरीलाई सामाजिककार्यमाउत्कृष्ट योगदानकालागियोङ प्रेजिडेन्ट्स अर्गनाइजेसन (वाइपिओ)ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ।

चौधरी फाउन्डेसनमार्फत् नेपालको सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानबापत निर्वाणलाई उक्त अवार्डकालागि छनोट गरिएको वाइपिओले जनाएको छ।

वाइपिओले आफ्ना सदस्यमध्येबाट  समाजतथाव्यवसायमा सकारात्मकप्रभावपार्ने विभिन्नव्यक्तित्वलाई सम्मानगर्दै आएको जनाएको छ।शिक्षा,स्वास्थ्य, रोजगार, गरिबीनिवारण, समानता, वातावरण संरक्षण लगायत क्षेत्रमाप्रभावकारी नेतृत्वगर्ने सदस्य उक्तअवार्डबाट सम्मानितहुँदै आएका छन्। यो अवार्ड ११ वर्षअघि स्थापनागरिएको हो।

वाइपिओले नेपालले लिएको दिगो विकास लक्ष्यप्राप्तिप्रतिआफ्ना हरेक क्रियाकलापलाई लक्षितगर्दै आएको चौधरी फाउन्डेसले शिक्षा, स्वास्थ्य, उद्यमशीलताविकास, जीविकोपार्जन, विपदव्यवस्थापन, सम्पदाएवं आध्यात्मिकविकास गरी ६ वटा विधामा४३ विविधकार्यक्रम सञ्चालनगर्दै आएकोउल्लेख गरेको छ।
अवार्ड ग्रहण गर्दै प्रवन्धनिर्देशकचौधरीले वाइपिओको सेन अवार्डबाट सम्मानितहुनपाउँनु आफ्नो र फाउन्डेसनका लागिगर्वको कुरा रहेको र यसले आफूलाई सामाजिककार्य गर्न थपऊर्जा एवं प्रेरणा प्राप्तभएको धारणा राखे।

कुनैपनि सामाजिककार्यलाई उच्च गुणस्तरको एवं दिगो रुपमा संचालनगर्नु चुनौतीको रुपमा रहेको र यसैलाई हाम्रो समाज र समग्र राष्ट्रको उज्वलभविष्यको रुपरेखातयार गर्ने अवसरको रुपमा फाउण्डेसनले लिएकोपनिउहाँले बताउनु भयो।

जस अन्तर्गत २२ वटा दीगो सामाजिकव्यवसाय,तीनहजार बढीविद्यार्थीहरुकालागि छात्रवृती, भूकम्प पीडितहरुका लागिआवास निर्माणएवं नमुना वस्तीविकास, सीपविकास कार्यक्रममार्फत १६हजारभन्दा बढी रोजगारी सृजनागरि फाउण्डेसनले महत्वपूर्ण योगदान पुर्‍याएको छ। चौधरी फाउण्डेसनद्वारा निर्माण गरिएको शाश्वतधाम नेपालकै उत्कृष्ट गन्तव्यका रुपमा नेपाल सरकारबाट समेत सम्मानितभईसकेको छ। हालशाश्वतधाममाप्रतिमहिनाकम्तिमा एक लाख ५० हजार आन्तरिक एवं वाह्यपर्यटक पुग्ने गरेका छन्।

१९ बर्षको कलिलो उमेरमासिजीफिन्कोको स्थापना गरी आफ्नो व्यवसायिकयात्राकोप्रारम्भ गर्नु भएकाचौधरी ३० बर्षको उमेरमाविश्वब्यापीख्यातीआर्जन गरेको चौधरी ग्रुपको प्रवन्धनिर्देशक जस्तो महत्वपूर्ण पदमानियुक्तहुनु भएको थियो।

२०१८ मा सेन दिगो अवार्ड प्राप्तगर्ने अन्यव्यक्तित्वमा फेटजर भिनायार्डकासिईओ,गियानकार्लाे बियानचेटी (व्यवसायतर्फ), द वुमानिटी फाउण्डेसनका प्रेसिडेण्टयानबोर्गस्टेट (समानतातर्फ), द लाईटहाउस व्रिस्टोका प्रेसिडेण्ट एलिजावेथकिन्नी (प्रभावतर्फ) तथा सोनायुक्तिकासिईओचोको भालिआपा (शिक्षातर्फ) रहेका छन्।

यङ्ग प्रेजिडेंट्स अर्गेनाइजेशन (वाई.पी.ओ.) १३० राष्ट्रका २७हजार भन्दा बढी प्रमुखकार्यकारी अधिकारीेहरु रहेको विश्वव्यापीसंगठन हो। यसका सदस्यहरु आफ्नो ज्ञान, नविनतम सोंच मार्फत विश्वजगतलाई प्रभावपार्ने नेतृत्वदायीभूमिकामा रहेका हुन्छन्।







यसमा तपाईको मत


अन्य समाचार

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...