काठमाडौं- दैनिककरिब ४६ करोडका नयाँनोट साटिन्छन् । नेपाल राष्ट्र बैंक मुद्राव्यवस्थापनविभाग थापाथलीबाट प्रत्येक दिन सर्वसाधारण नागरिकले दैनिक ४६ करोडका नयाँनोट साट्ने गरेका छन् । सर्वसाधारणले केन्द्रीय बैंकबाट आइतबारदेखि नै नयाँनोट साट्न सुरु गरेकाहुन् । आइतबार थापाथलीबाट ३५ करोडकानयाँनोट साटेका थिएँ।
नयाँनोट साट्ने सर्वसाधारण क्रमिक रुपमा बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । सोमबार ४५ करोडका, मंगलबार ५० करोडका नयाँनोट साटेर लगेको राष्ट्र बैंककाप्रवक्तात्रिलोचनपंगेनीले बुधबार नागरिकलाई बताए ।
नयाँनोटवितरण सुरु गरिएको चौथो दिनबुधबार करिव ५५ करोडका नयाँनोट साटिएको अनुमान राष्ट्र बैंकले गरेको छ । उक्तदिनकति रकमको नयाँनोट बाँडियो, त्यसको वास्तविकविवरण राति ११ बजेतिर मात्रआउने भएकाले अहिले पूर्वअनुमानमात्रगरिएको उसको भनाइ छ ।
सर्वसाधारणले राष्ट्र बैंकको थापाथलीबाट मात्रचार दिनमा १ अर्ब ८५ करोडका नयाँनोट साटिसकेका छन् । औसतमाप्रत्येक दिनकरिब ४६ करोडका नयाँनोट साटने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
केन्द्रीय बैंक थापाथलीबाहेक अन्य७ शाखाबाट पनिनयाँनोटदिइरहेको छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सहकारी संस्थामार्फत पनि ठूलो मात्रामानयाँनोट सर्वसाधारणले साट्दै आएका छन् ।
सबै ठाउँको रकमजोड्ने हो भने उक्त रकमअझै बढ्ने छ । सर्वसाधारणले यसपालि दसैंमा ८ अर्ब रुपैयाँकाविभिन्न दरकानयाँनोट साटने अनुमानगरिएको छ ।राष्ट्र बैंकले पनि सोहीअनुसारको तयारी गरेको छ । गतवर्ष ५ अर्ब ६९ करोड रुपैयाँनयाँनोट साटेकाथिए ।
बैंक तथावित्तीय संस्थामार्फत नयाँनोट साट्न सकिने व्यवस्थागरिएपनि केन्द्रीय बैंकको थापाथलीमा बढी भिड देखिन्छ । विहानदेखि बेलुकासम्मनयाँनोट साट्नेहरु लाइनलागेर बसेका हुन्छन् ।
बैंक तथावित्तीय संस्थाले ठूला ऋणी, व्यापारी र निक्षेपकर्तालाई मात्रनयाँनोट साटिदिने गरेको पंगेनीले बताए । ‘निजी क्षेत्रका बैंक तथावित्तीय संस्थालाई नयाँनोट साटिदिएबापत अतिरितm आम्दानीहुँदैन,’उनले भने, ‘त्यसैले पनिउनीहरुले नयाँनोट साट्न मान्दैनन् ।’
नयाँनोट साट्नबैंक तथावित्तीय संस्थाले जनशक्तिथप्नुपर्ने हुन्छ । तर, निजी क्षेत्रबाट सञ्चालित बैंक तथावित्तीय संस्थाआम्दानीनहुने क्षेत्रमालगानीगर्न नचाहने भएकाले पनिनयाँनोट साट्न अनकनाएको पंगेनीले बताए ।
हुलमुलमानक्कलीनोट लिएर नयाँनोट साट्न आउने गरेकाले पनि बैंक तथावित्तीय संस्थाले नयाँनोट साट्न नचाहेको उनको भनाइ छ । ‘हुलमुलमानक्कलीनोट पर्न सक्ने सम्भावनापनित्यत्तिकै हुन्छ,’ पंगेनीले भने, ‘नक्कली पैसा परेको खण्डमा त्यसको जोखिम बैंक तथावित्तीय संस्थाले नै बेहोर्नु पर्छ । त्यसैले पनिउनीहरुले त्यस्तो जोखिम उठाउन चाहँदैनन् ।’
बैंक तथावित्तीय संस्थाले नयाँनोट साट्नु सामाजिककामगर्नु जस्तै भएको पंगेनी बताउँछन् । ‘निजी क्षेत्रका बैंक तथावित्तीय संस्था यस्तो क्षेत्रमा समय खेर फाल्दैनन्,’ उनले भने, ‘यसले गर्दा पनि राष्ट्र बैंकमानयाँनोट साट्नेको भिडभाड बढेको हो ।’
केन्द्रीय बैंकले मुद्राव्यवस्थापनविभाग थापाथलीबाट काठमाडौं उपत्यकामा सर्वसाधारणका लागिप्रतिव्यक्ति ३७हजार पाउने गरी नयाँनोट वितरण गरिरहेको छ । उपत्यकाबाहिरका बैंक तथावित्तीय संस्था, राष्ट्र बैंकका क्षेत्रीयकार्यालयबाट पनिनयाँनोट साट्ने व्यवस्थामिलाइएको छ ।
थापाथलीबाट एक व्यक्तिले ५, १०, २०, ५० र सय दरकानयाँनोट ३७हजार रुपैयाँसम्म साट्न पाउछन् । सेना, प्रहरी, निजामतीकर्मचारी, राष्ट्र बैंककाकर्मचारीले भने विभागबाट सामूहिकसिफारिसमाप्रतिव्यक्ति ५५ हजार रुपैयाँसम्मनयाँनोट साट्ने गरेका छन् ।
गतवर्ष सर्वसाधारणलाई प्रतिव्यक्ति बढीमा २२ हजार रुपैयाँसम्मनयाँनोटदिइएको थियो । गतवर्ष दसैंका बेला ५ अर्ब ६९ करोड रुपैयाँनयाँनोट वितरण गरिएकोमा यस वर्ष करिब ८ अर्ब रुपैयाँ बराबर साटिने राष्ट्र बैंकले अनुमान गरेको छ ।
दसैंकालागिनयाँनोट साट्ने व्यक्तिको भिडलाई ध्यानदिँदै यस वर्ष केन्द्रीय बैंकको मुद्राव्यवस्थापनविभागले कुपनव्यवस्थामिलाएको छ । कुपननम्बर वितरण भएपनि सर्वसाधारणले सहज रुपमानयाँनोट साट्न पाएका छैनन् ।
दसैंमा सबैभन्दा बढी २०, ५० र १०० दरकानोटप्रयोगमाआउने राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय खाद्यान्न, लताकपडा र यातायातखर्च बढेसँगै साना दरकानोटभन्दा मध्यमखालकानोटको प्रयोग बढेको सर्वसाधारण बताउँछन् । टीका लगाएर ५ र १० को एउटा नोट दिन नसुहाउने समय आएको उनीहरुको भनाइ छ ।
मूल्यवृद्धिको चाप दसैंको दक्षिणामा परेको पनि विज्ञ बताउँछन् । ‘निधारको मूल्यपनि बढेको छ,’ एकजना विज्ञले ठट्यौलीपारामाभने, ‘मूल्यवृद्धिको मार नुनदेखि सुनसम्ममा परेको छ ।’
दसैंमानयाँनोटको दक्षिणा आदानप्रदान, शीरदेखि पाउसम्मनयाँलुगालगाउने, नयाँ सामानकिन्ने र नयाँ घर सर्ने प्रचलन छ ।
प्रकाशित: २० आश्विन २०७३ ०३:११ बिहीबार