नेमकिपा महाधिवेशन ६ महिना धकेलियो

आइतबार, २७ माघ २०७५, १९ : १० नागरिक

भक्तपुर - नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन आगामी असोजमा हुने भएको छ। पार्टीको आइतबार भक्तपुरमा सम्पन्न ३० औं केन्द्रीय परिषद्ले ०७५ चैत १, २, ३ र ४ गतेका लागि पूर्वनिर्धारित पार्टीको सातौँ महाधिवेशन ६ महिनापछि सार्ने निर्णय गरेको परिषद्पछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

पार्टीको ३० औँ केन्द्रीय परिषद् पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा माघ २५ देखि २७ गतेसम्म भक्तपुरमा सम्पन्न भएको हो। परिषद्ले गरेका निर्णय र पारित प्रस्तावबारे पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले वक्तव्य जारी गरी परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्नुका साथै केही निर्णय लिएको जनाएको छ।

केन्द्रीय परिषद्ले महाधिवेशनको अर्को मिति र स्थान तय गर्न पार्टी केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ। पार्टीको आगामी महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न बिजुक्छेको अध्यक्षतामा महाधिवेशन तयारी मूल समिति गठन गर्नुका साथै विभिन्न १५ वटा समिति गठन गरेको जनाइएको छ। 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad