८ वैशाख २०८१ शनिबार
राजनीति

अर्थमन्त्री खतिवडा लण्डन जाने

लण्डन– अर्थमन्त्री डा युवराज खतिवडा बेलायत जाने भएका छन्। लण्डनस्थित नेपाली राजदूतावासका अनुसार उनी आगामी फेब्रुअरी २० तारिखमा त्यहाँ आइपुग्ने कार्यक्रम तय भएको छ।

नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणले अर्थमन्त्री खतिवडा लन्डनमा आयोजित 'नेपाल विकास सम्मेलन' नामक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि हुन लण्डन आउन लागेको जानकारी दिए। बेलायतमा रहँदा उनले लगानीकर्ता लगायत बेलायती अन्तर्राष्ट्रिय विकासमन्त्री पेनी मोर्डन्टसँग भेटघाट गर्ने कार्यक्रम समेत तय भएको छ।

यस्तै अर्थमन्त्री खतिवडाले बेलायत स्थिति नेपाली समुदायसंग समेत अन्तरक्रिया गर्नेछन्। अर्थमन्त्री खतिवडासँग गैर आवासीय नेपाली संघ युकेले  फेब्रुअरी २१ तारिखका दिन अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने तयारी गरेको  संघका महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए। बेलायत भ्रमण सकेर खतिवडा  फेब्रुअरी २३ तारिख स्वदेश फर्किनेछन्।

प्रकाशित: २७ माघ २०७५ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App