अर्थमन्त्री खतिवडा लण्डन आउने

आइतबार, २७ माघ २०७५, १२ : २१ नागरिक

31


लण्डन– अर्थमन्त्री डा. युवराज खतिवडा बेलायत आउने भएका छन्। लण्डनस्थित नेपाली राजदूतावासका अनुसार उनी आगामी  फेब्रुअरी २० तारिख   यहाँ आइपुग्ने कार्यक्रम तय भएको हो।

नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणले अर्थमन्त्री खतिवडा  लन्डनमा आयोजित 'नेपाल विकास सम्मेलन' नामक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि हुन लण्डन आउन लागेको जानकारी दिए।

बेलायतमा रहँदा उनले लगानीकर्ता लगायत बेलायती अन्तराष्ट्रिय विकासमन्त्री पेनी मोर्डन्टसँग भेटघाट गर्ने कार्यक्रम समेत तय भएको छ।

यस्तै अर्थमन्त्री खतिवडाले बेलायत स्थिति नेपाली समुदायसंग समेत अन्तर्क्रिया गर्नेछन्। अर्थमन्त्री खतिवडासँग गैर आवासीय नेपाली संघ युकेले  फेब्रुअरी २१ तारिखका दिन अन्तर्क्रिया गर्ने कार्यक्रम गर्ने तयारी गरेको  संघका महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए। बेलायत भ्रमण सकेर खतिवडा  फेब्रुअरी २३ तारिख स्वदेश फर्किनेछन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...