७ वैशाख २०८१ शुक्रबार
अर्थ

वर्षाले इँटा उधाेगमा करोडौंको क्षति

वर्षाले नष्ट भएकाे काँचाे इँटा देखाउँदै इँटा उधाेगमा कर्मचारी। तस्बिर : उपेन्द्र/ नागरिक

बारा - बिहीबार रातीदेखि परेको वर्षाले करोडौं मूल्यको काँचो इँटा नष्ट भएको छ। एक महिनादेखि तयार पारेर भट्टामा पोल्न राखिएका काचो इँटा वर्षाले क्षति भएपछि भट्टा सञ्चालक चिन्तित बनेका छन्।

कलैया उपमहानगरपालिका–७ रंगपुरमा रहेको न्यू यादव इँटा उद्योगमा दुई दिनदेखि परेको वर्षाले करिब २० लाख काँचो इँटा नष्ट भएको उद्योग सञ्चालक रविन्द्रप्रसाद यादवले बताए। ‘एउटा काँचो इँटा तयार गर्न एक रुपैयाँ २० पैसा मजदुर खर्च लाग्छ,’ उनले भने, ‘उक्त इँटा भट्टीसम्म पु¥याउन प्रति इँटा तीन रुपैयासम्म खर्च लाग्छ।’

बैंकसँग क्रण लिएर करोड लगानी गरेर अन्तिम समयमा इँटा नष्ट हुँदा व्यवसाय धरासायी भएको यादवले बताए। ‘इँटालाई भट्टीमा पकाइसकेको भए दुई करोड रुपैयाँ हुन्थ्यो,’ यादवले भने, ‘अब त नष्ट गरेको काँचो इँटा हटाउँन पनि लाखौ खर्च गर्नुपर्ने भएको छ।’ बारा, पर्सा इँटा व्यवसायी संघका महासचिवसमेत रहेका यादवले वर्षाले एउटा इँटाभट्टामा ५० लाखभन्दा बढीको क्षति भएको र व्यवसायी क्रणमा डुब्ने अवस्था आएको बताए। दुवै जिल्लामा करिब दुई सय इँटाभट्टा सञ्चालन छन्। 

प्रकाशित: २७ माघ २०७५ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App