काठमाडौं – नेपालको संयुक्त प्रोडक्सनमा निर्माण भएको फिल्म ‘दी रेड फल्स्’ले बर्लिनमा हुन लागेको ६९ औं संस्करणको ‘बर्लिन फिल्म फेस्टिभल’मा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल, भुटान र जर्मनीको संयुक्त प्रोडक्सनमा निर्माण भएको फिल्म फेस्टिभलमा ‘जेनेरेसन फोटिन प्लस’ विधामा प्रतिस्पर्धा गर्न लागेको हो। फिल्ममा भुटानी निर्देशक तासी ग्याल्सेनको निर्देशन छ।
फिल्मका निर्माता आइसफल प्रोडक्सनका रामकृष्ण पोखरेलका अनुसार ‘दी रेड फल्स्’ नेपाली भाषाको र नेपालमा नखिचिएको भए पनि संयुक्त प्रोडक्सनको लागि महत्वपूर्ण छ। ‘हामीले अन्तर्राष्ट्रिय फिल्म बजारमा नेपाली प्रोडक्सन कम्पनीको कामलाई स्थापित गर्न विदेशी फिल्ममेकरहरूसँग नयाँ शैलीका साथ काम गरिरहेका थियौं। त्यसैले यो फिल्म हाम्रो लागि महत्वपूर्ण छ’,उनले भने।
फिल्ममा एक युवतीले आफ्नो स्वतन्त्रताको लागि गरेको संघर्षलाई देखाइएको छ। भुटानी भाषामा निर्माण भएको फिल्ममा तेन्जिङ युडन र दोर्जे ग्याल्सेनलगायतले अभिनय गरेका छन्। यो फिल्मले सन् २०१६ को ‘लोकार्नो फिल्म फेस्टिभल’मा ‘ओपन डोर ग्रान्ड’ जितेको थियो। ‘बर्लिन फेस्टिभल’मा ६२ फिल्महरू प्रदर्शन हुनेछन्। बिहीबारदेखि सुरु भएको महोत्सव १० दिन चल्नेछ। ‘यसपटक बर्लिन फिल्म फेस्टिभलमा संसारभरका ३७ वटा प्रोडक्सन कम्पनीका सामाजिक र युवाहरूलाई प्रोत्साहन गर्ने फिल्महरू प्रदर्शन भइरहेका छन्’, फेस्टिभलका निर्देशक डाइटर कस्लिकले भने।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...
एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...
यसमा तपाईको मत