६ वैशाख २०८१ बिहीबार
खेल

जितपछि युनाइटेड चौथो स्थानमा

लन्डन – घरेलु टोली फुलह्यामलाई ३–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड शनिबार इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। पाउल पोग्बाको दुई तथा एन्थोनी मार्सियलको एक गोलको मद्दतमा युनाइेटडले अंकतालिकामा स्थान सुधार गरेको हो। २६ खेलबाट ५१ अंक बनाएको युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा ११ अंकले पछि छ। समान २६ खेल खेलेको सिटीको ६२ अंक छ। 

पहिलो हाफमा २–० को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा तेस्रो गोल गर्दै जित सुनिश्चित गरेको थियो। मार्सियलको पासमा १४औं मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता लिएको युनाइटेडले २३औं मिनेटमा मार्सियलको गोलबाट अग्रता दोब्बर पारेको थियो। पहिलो हाफको अग्रतापछि उच्च मनोबलमा रहेको युनाइटेडका लागि ६५औं मिनेटमा पोग्बाले पेनाल्टीबाट गोल गर्दै अग्रता ३–० मा पु¥याएका थिए। युनाइटेडका खेलाडी हुवाँ माटालाई फुलह्यामका रक्षक म्याक्सिम मर्कान्डेले पेनाल्टी बक्सभित्र खराब फाउल गरेपछि पाहुना टोलीले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टी प्रहारमा आएका पोग्बाले कुनै गल्ती नगरी अग्रता फराकिलो पारे। 

पाहुना टोलीसामु अधिकांश समय निरीह बनेको घरेलु टोली बाँकी समयमा खेलमा फर्किन प्रयास गरे सफल हुन सकेन र अंक गुमाउन पुग्यो। तालिकाको पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेसनबाट बच्न संघर्षरत फुलह्यामको समान २६ खेलबाट १७ अंक छ। अन्तिम स्थानको हडर्सफिल्डको भने २५ खेलबाट ११ अंक छ। 

 

प्रकाशित: २७ माघ २०७५ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App