८ वैशाख २०८१ शनिबार
समाज

गाउँपालिका प्रमुख नेम्बाङको निधन

पाँचथर - पाँचथरको फाल्गुनन्द गाँउपालिकाका प्रमुख तथा साहित्यकार अमरकुमार नेम्बाङको ७७ वर्षको उमेरमा निधन भएको छ। लामो राजनीतिक आन्दोलनको पृष्ठभुमि भएका नेम्वाङको शनिवार निधन भएको हो। लामो सयमदेखि निर्वाचित राजनीतिक नेतृत्व गरेका नेम्बाङको निधनले जिल्लाबासी स्तब्ध भएका छन्।

गाँउपालिकाको केन्द्र पञ्चमी बजारमा क्षमता विकास सम्बन्धि कार्यक्रममा सहभागि हुने क्रममा ढलेका नेम्बाङको उपचारका लागि इलाम पुर्याउँदा निधन भएको हो। मन्तव्य राखेर कुर्सिमा बस्ने क्रममा ढलेका उनी अचेत भएका थिए। उपचारकालागि जिल्ला अस्पताल इलाम पुर्याईएका उनको निधन भएको हो। जिल्ला अस्पताल इलामका मेडिकल सुपरिटेण्डेन डाक्टर पवनजंग रायमाझिले 'सडेन हर्टअट्याक' भएको हुन सक्ने देखिएको जानकारी दिए। थप उपचारकालागि काठमाडाैं लैजान हेलिकप्टर प्रबन्ध गरिएपनि उनको मृत्यु भइसकेको थियो।

उनी विसं १९९८ सालमा पौवासारतामा जन्मिएका थिए। नेपाली कांग्रेसबाट पटक पटक तत्कालिन गाविस अध्यक्ष जितेका उनी गाउँपालिका प्रमुखमा निर्वाचित भएका थिए। उनको निधनले जिल्लालाई नै ठुलो क्षती पुगेको नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले बताए। उनी नेपाली साहित्यमा इको राईटिङ लेखनमा स्थापित थिए। उनी पाँचथरको फाल्गुनन्द गाउँपालिका– ३ का समाजिक, राजनीतिक, साहित्यक र शैक्षिक क्षेत्रका अगुवा मानिन्छन्। उनी जिल्लाका जेष्ठ स्थानीय सरकारका प्रमुखको रुपमा समेत रहेका थिए।

‘अमर सर’ को नामबाट पुरानो परिचय बनाएका उनले इको भिलेज र स्मार्ट भिलेज जस्ता योजना अघि सारेका थिए। नेम्बाङ नेपाल सरकारले सुप्रबल जनसेवा श्रीवाट विभुषित थिए। उनका श्रीमती, दुई छोरा, एक छोरी रहेका छन्। 

प्रकाशित: २६ माघ २०७५ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App